२७ आश्विन २०८१, आईतवार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन मन्त्रीको निर्देशन



अ+ अ-

काठमाण्डौं । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (SEE ) लाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा परीक्षाको तयारीका बिषयमा बिभिन्न सरोकारवाला निकाय संगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाई, परिक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्र्दभमा चासो व्यक्त गर्नुभएको थियो ।


परीक्षा भयरहित र व्यवस्थित हुनुर्ने बताउँदैं मन्त्री पोखररेलले प्रश्नपत्र तयारी गर्दा र परिक्षा केन्द्र तोक्दा बिषेश ध्यान दिनुपर्ने बताउनुभयो । बैंठकमा प्रश्नपत्र छपाई कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको छ ।

यसबर्ष कुल १९६१ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिनुभयो । उहाँले यस बर्ष प्रदेशगतरुपमा अनिवार्य ६ बिषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । बरालले उत्तरपुस्तिका परीक्षणका लागि करीव ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने पनि जानकारी दिनुभयो । SEE परीक्षा चैंत्र १० गतेदेखी शुरु हुँदैंछ ।