१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काङ्ग्रेसलाई नेविसंघको चेतावनी, उमेर हद लगाएर तदर्थ समिति बनाउ



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरूले संघको तदर्थ समिति बनाउँदा ३२ वर्षे उमेर हद कायम गरी बनाउन पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी कार्यालय प्रवेश गर्दै गर्दा विद्यार्थी नेताहरूले ३२ वर्षे उमेर हद कायम गरी तदर्थ समिति बनाउन पार्टी पदाधिकारीसहितका नेतालाई दबाब दिएका हुन् । उनीहरूले विधानमा भएको व्यवस्थालाई टेकेर पार्टीले नेतृत्वबारे निर्णय लिइनुपर्ने भन्दै ३२ वर्षे उमेर हदबन्दीअनुसार तदर्थ समिति बनाउनुपर्ने माग गरेका हुन् ।

कांग्रेसभित्र १२औं महाधिवेशनबाट उमेर हद लगाउने कि तदर्थ समिति बनाउँदै लाने भन्नेमा नेताहरू विभाजित छन् । केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरूले आफू अनुकूल हुनेगरी नेविसंघबारे धारणा राख्दै आएपछि विद्यार्थी नेताहरूसमेत विभाजित भएका छन् । विद्यार्थी संगठनसहित पार्टीको विधानलाई अन्तिम रूप दिन भन्दै कांग्रेस केन्द्रीय समिति बैठक ९ माघयता दिनहुँजसो बस्दै आएको छ । तर, कुनै ठोस निर्णय भने गर्न सकेको छैन ।
पार्टीले नेविसंघको विधानमा ३२ वर्ष कायम गरेको र विधान उल्लंघन हुन सक्ने भन्दै नेताहरू बैठकमा प्रवेश गर्दैगर्दा सचेत गराएको निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
विद्यार्थी नेताहरूले पार्टी केन्द्रीय कार्यालयको मूल गेटमै बाटो छेकेर नेताहरूलाई विधान नभुल्न भन्दै विधानअनुसार निर्णय गर्न सुझाएको उनले बताए । उनीहरूले नेविसंघमा ३२ वर्षमाथिका उमेर समूहबाट तदर्थ समिति गठन भए समानान्तर कमिटी बनाउने चेतावनीसमेत दिएका छन् ।

विधान उल्लंघन गरिए समानान्तर समितिको चेतावनी

सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेललगायत नेतालाई कार्यालयको मूल ढोकामै रोकेर विधानअनुसार तदर्थ समिति गठन गर्न माग गरेको विद्यार्थी नेता निरन्जन थापाले जानकारी दिए ।
नेताहरूलाई सचेत पार्दै थापासहित संघका निवर्तमान केन्द्रीय सदस्य भट्ट, उमेश थापा मगर, नवराज त्रिपाठी, पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटालगायत विद्यार्थी नेताहरू पार्टी केन्द्रीय कार्यालय पुगेका थिए ।

यसैबीच नेविसंघका पूर्वपदाधिकारीहरूले विद्यार्थीको विश्वास र अभिमतबाट स्थापित शक्तिलाई अवमूल्यन र एकतर्फी निर्णय गरिए सशक्त प्रतिवाद र समानान्तर गतिविधि सञ्चालन गर्ने चेतावनी दिएका छन् ।
नेविसंघका पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाले भने, ‘विद्यार्थीको विश्वास र अभिमतबाट स्थापित शक्तिलाई अवमूल्यन गरेर एकतर्फी निर्णय गरिए सशक्त प्रतिवाद र समानान्तर गतिविधि सञ्चालन हुन सक्छ ।’
उनले गुटगत रूपमा नेविसंघका नेताहरूलाई विभाजित नगर्न समेत पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । एक पक्षीय ढंगले नेतृत्व चयनमा मनोमानी गरिए नेतृत्वले त्यसको क्षति बेहोर्न तयार रहनुपर्ने उनले बताए ।

समयमा महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले सोमबार पदबाट राजीनामा दिएका थिए । महरको राजीनामापछि नेविसंघको विषयलाई लिएर नेताहरू छलफलमा जुट्दै आएका छन् । तर, उमेर हद लगाएर तदर्थ समिति बनाउने वा नलगाई बनाउने भन्नेमा भने नेताहरू निष्कर्षमा पुगिसकेका छैनन् ।
मंगलबारको कांग्रेस केन्द्रीय समितिले भने नेविसंघको सभापति पदमा रही गरेको कार्यका लागि नैनसिंह महर तथा समयावधि समाप्त भइसकेको केन्द्रीय समितिलाई धन्यवाद दिएको छ ।
बैठकले अघिल्लो मितिमा नेविसंघ सभापति, पदाधिकारी या सदस्यहरूबाट भएका विभिन्न मनोनयनका सबै निर्णय बदर गर्ने निर्णय पनि गरेको छ । राजधानीबाट