११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

विश्वकै नमुना कार नेपालमा

विश्वकै नमुना कार नेपालमा
अ अ+ अ-

काठमाडौं । काठमाडौं विश्वविद्यालय केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले नयाँ तीनचक्के सवारी साधनको निर्माण गरेका छन् ।

यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुको दाबी छ । आगामी अप्रिल महिनाको १९ तारिखदेखि मलेसियामा विश्वका उत्कृष्ट मेकानिकल इन्जिनियर सहभागी हुने सेल ईको म्याराथन एसियामा प्रर्दशनमा यो सवारी साधन पनि प्रतिष्पर्धी बन्ने बताइएको छ ।

नयाँ मोडेलको यो सवारी साधन सेन्सरयुक्त छ । साथै नेपालबाट सेलमा भाग लिएर प्रतिस्पर्धा गर्ने पहिलो नेपाली टोली र उत्कृष्ट सवारी साधन हुने अटोमोबाईल मेकानिकल विषय चौंथो वर्षमा अध्ययनरत जुनकिरी टिमका संयोजक विद्यार्थी सागर थापा बताउँछन् ।

‘दशैँ अघिदेखि सुरु गरिएको गाडी तयार गरी मलेसियामा हुने अन्तर्राष्ट्रिय स्तरको सम्मेलनका लागि आवेदन दिएर प्रतिष्पर्धामा आएका छौँ,’ उनले थपे ‘हाम्रो मात्र नभएर मुलुकै शान हो । मलेसियामा हुने प्रतिष्पर्धामा विश्वका गाडी उत्पादकसँग प्रतिष्पर्धा गर्नेछौँ र पहिलो बन्ने अपेक्षा छ । यो विश्वकै उत्कृष्ट मेकानिकलाई समेत चुनौती हो ।’

यसले मुलकमै सवारी साधनको उत्पादन गर्न समेत सहज हुने दावी उनीहरुको छ । अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक नेपालमा तयार भएको गाडी प्रर्दशन गर्ने अवसर प्राप्त भएको भन्दै यो अवसरलाई सदुपयोग गर्ने विद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरुले तयार पारेको यो सवारी साधन वतावरणमैत्री पनि रहेको केयुका मेकानिकल इन्जिनियर डिपार्डमेन्टका प्रमुख प्राध्यापक डा। डेनियर तुलाधरले बताए ।

‘मेलेसियामा हुने प्रतिष्पर्धामा हामी सयौं देशबाट प्रथम हुने प्रयासमा छौँ । यसका लागि विद्यार्थी, विश्वविद्यालय दिनरात लागेको छ । अब सरकार र लगानीकर्ताले साथ र सहयोग गरेमा हाम्रो उत्पादनले अवसर पाउने आशा लिएका छौँ ।’

जुनकिरीमा आधुनिक प्रविधिको प्रयोग र वातावरण मैत्री रहेको जसले अन्य मुलकबाट आयात गर्दा लाग्ने मुल्य भन्दा निकै कम मुल्य र प्रदुषण समेत कम गर्न सकिने उनले दावी गरे ।

तुलाधरका अनुसार सन् २०१६ देखि सुरु भएको अभियानमा काठमाडौं विश्वविद्यालय सफल नभए पनि २०१८९२०१९ मा प्रस्ताव पेश गरी २०१८ अप्रिल २९ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सन् २०१७ बाटै निर्माण सुरु गरेको बताइएको छ । ५० सिसी क्षमता रहेको उक्त सवारी ग्यासबाट चल्छ । तौल ५० किलो रहेको मेकानिकल ईन्जिनियर विजेन्द्र श्रेष्ठले बताए ।

निर्माण भएका अधिकांश सवारी साधनमा कार्वोरेटरको प्रयोग गरिएको हुन्छ । जसले पुरानो भएपछि वातावरणमा कालो धुवा र प्रदुषण गर्छ । तर जुनकिरीमा एफआई किटको प्रयोग र ईन्जीनमा सेन्सर भएकाले कालो धुवाँ आउनासाथ ईन्जीन आफैँ बन्द हुने र स्टार्ट नहुने भएकाले प्रदुषण रोक्नथाम हुने थापाको दावी छ ।

‘ग्यासलाईन इन्जिनबाट उर्जा निकालेर एयरडाईनामिक डिजाइनमा निर्माण भएको जुनकिरीमा अक्सिजन सेन्सर रहने छ, जसले धुवामा कार्वोन डाईअक्साईडको मात्र बढ्नासाथ सेन्सरको मदतले ईन्जिन रोकिने आधुनिक प्रविधिको प्रयोग गरेका छौँ, यो नौलो प्रयोग हो,’ उनले थपे । आफूहरुको सीप र ज्ञानलाई उद्यमसँग जोडेर नेपाललाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उनीहरुको दावी छ । थापाका अनुसार १० जनाको समुह मिलेर निर्माण गरेको उक्त साधनको मुल्य २ लाख ७० हजार छ । अन्नपूर्ण दैनिकमा खबर छ ।