१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनको सन्देशः मुलुकको नेतृत्व गर्न पार्टी सक्षम (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन । 
नेकपा एमालेका नवनिर्वाचित सचिवद्धय योगेशकुमार भट्टराई, पदमा अर्याल र केन्द्रिय सदस्य महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनले मुलुकको समस्या समाधान गर्नका लागि मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताउनु भएको हो ।

मंगलबार राति चितवनको सौराहामा नवनिर्वाचित केन्द्रिय कमिटीको पहिलो बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित सचिव भट्टराईले मुलुकमा विद्यमान राष्ट्रिय मुद्धालाई राष्ट्र र जनताको हितमा समाधान गर्नेगरी आफ्नो पार्टीले मुलुकमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने सन्देश सो महाधिवेशनले दिएको बताउनु भयो । उहाँले नेकपा एमालेप्रति जनताको अभूतपूर्व आशा, भरोसा र समर्थन रहेको सन्देश पनि महाधिवेशनले दिएको बताउनु भयो ।

सचिव भट्टराईले भन्नु भयो, ‘महाधिवेशनको सन्देश नेपाली जनताको बीचमा नेकपा एमाले लोकप्रिय छ । नेकपा एमालेप्रति जनताको विश्वास, भरोसा र समर्थन अभूतपूर्व छ । नेकपा एमाले नै यो मुलुकको राष्ट्रिय राजनीतिको मुलुकलाई सही दिशामा नेतृत्व गर्न सक्ने राजनीतिक दल हो । र छिटोभन्दा छिटो नेकपा एमालेको नेतृत्वमा नयाँ म्यान्डेट प्राप्त गर्दै नयाँ सरकार निर्माण गर्नुपर्छ । र पार्टीलाई अझै सुदृढ र एकतावद्ध बनाउँदै जानुपर्छ । र आजको जतिपनि राष्ट्रिय मुद्धाहरु छन । ती राष्ट्रिय मुद्धालाई मुलुक र जनताको हितमा समाधान गर्नेगरी नेकपा एमालेले यो देशमा नेतृत्वदायी भूमिकाम खेल्नुपर्छ भन्ने म्यान्डेट अथवा सन्देश यो महाधिवेशनले दिन्छ ।’

एमालेकी अर्का सचिव पदमा अर्यालले नेपाली जनताका सपनालाई विपनामा परिणत गर्ने शक्ति आफ्नो पार्टी मात्रै भएको सन्देश महाधिवेशनले दिएको बताउनु भयो  । उहाँले त्यसका लागि नयाँ संकल्प र पार्टी भित्रको नयाँ एकताका साथ अघि बढनुपर्ने सन्देश पनि महाधिवेशनले प्रवाह गरेको दावी गर्नु भयो । सचिव अर्यालले भन्नु भयो, ‘नेकपा एमाले राष्ट्र र जनताप्रति समर्पित हुँदै नयाँ संकल्पका साथ, नयाँ एकताका साथ जतिपनि समस्याहरु छन । नेपाली जनताको जतिपनि सपनाहरु छन । ती सपनालाई विपनामा परिणत गर्नका लागि आजको दिनदेखि उद्घोष ग¥र्यो है भन्ने सन्देश जनतामा पुग्ने गरी सन्देश प्रवाह गर्न यो महाधिवेशन समक्ष भएको छ ।’

नवनिर्वाचित केन्द्रिय सदस्य महेश बस्नेतले पनि यो महाधिवेशनले मुलुकको नेतृत्व लिने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको सन्देश दिएको बताउनु भयो । उहाँले केपी ओलीले अघि सार्नु भएको समृद्ध नेपालः सुःखी नेपालीको अभियानलाई अघि बढाउने जिम्मेवारी समेत एमालेको रहेको म्यान्डेट महाधिवेशनबाट प्राप्त भएको दावी गर्नु भयो ।

नेता बस्नेतले मुलुकको नेतृत्व गर्न केपी ओली सक्षम भएको र त्यसैलाई अनुमोदन गर्न महाधिवेशनको उद्घाटन सत्रमा लाखौं जनता सहभागी भएको दावी समेत गर्नु भयो ।




भर्खरै