११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

साढे १८ करोडको मुद्दामा साढे दुई करोड मात्र धरौटी, छुटे खड्का

साढे १८ करोडको मुद्दामा साढे दुई करोड मात्र धरौटी, छुटे खड्का
अ अ+ अ-

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतले मागेको २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले खड्कासँग २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो । धरौटी रकमका लागि नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी मंगलबार नै तारेखमा छुटेका छन् ।

गैरकानुनी रूपमा १८ करोड ५५ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले उनका श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रूपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप लगाएको थियो । खड्काले अवैध रूपमा आर्जन गरेको सम्पत्ति लामाको नाममा राखेको दाबी अख्तियारको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अनुसार खड्कालाई दुई वर्षसम्म कैद सजाय, बिगोबमोजिम जरिमाना तथा बिगो भराउन अख्तियारले माग गरेको थियो । विवादमा मुछिएपछि सरकारले मन्त्रालयमा तानेर जिम्मेवारीविहीन बनाएको नौ महिनापछि गत जेठमा उनले पदबाट राजीनामा दिएका थिए ।

अख्तियारका अनुसार खड्काले २ चैत २०६९ देखि अनुसन्धान अवधिसम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार १५५ रुपैयाँ ४७ पैसा आर्जन गरेका थिए । जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, घर भाडाबाट १३ लाख ५६ हजार पाएका उनले ५ करोड ३३ लाख ३६ हजार रुपैयाँ ऋण तथा सापटी पनि लिएका छन् । जागिरबाट अवकाश हुँदा २९ लाख २२ हजार ६९८ रुपैयाँ २८ पैसा आर्थिक सुविधा पाएका उनको पेन्सनबाट १४ लाख ७८ हजार ४८२ रुपैयाँ २४ पैसा आएको छ । गाडी बिक्रीबाट ३५ लाख र विप्रेषण आयबाट प्राप्त ८ लाख २६ हजार ९१३ रुपैयाँ ५४ पैसा उनले पाएका छन् ।
छोरा बुहारीको पारिश्रमिक ११ लाख ४ हजार ३ रुपैयाँसमेत जोड्दा उनको आय ७ करोड ४४ लाख ५६ हजार २५२ रुपैयाँ ५३ पैसा मात्र देखिएको अख्तियारले जनाएको छ ।

सार्वजनिक सेवामा प्रवेश गरेदेखि २ चैत २०६९ सम्म १ करोड २० लाख १३ हजार ४९९ आम्दानी गरेको पनि देखिएको छ । यो सबै जोड्दा उनको आम्दानी ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ ५३ पैसा हुन्छ । तर, उनले २ चैत २०६९ पछि मात्र पुख्र्यौली घरबाहेक तीनवटा घर निर्माण तथा खरिद गरेका छन् भने दुईवटा घर खरिदका लागि आंशिक भुक्तानी दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइएको छ ।
घरजग्गा खरिदमा मात्र उनले ११ करोड ६१ लाख ४३ हजार २०६ रुपैयाँ ३१ पैसा खर्च गरेका छन् । १ करोड ६ लाख ४ हजारको सेयर किनेका उनले ऋणको सावाँ ब्याज भुक्तानीमा ४ करोड २२ लाख ९६ हजार २३९ रुपैयाँ ९९ पैसा खर्चिएका छन् । १ करोड २५ लाख ६० हजार सापटी दिएका उनले विभिन्न व्यक्ति तथा संस्थालाई १ करोड १७ लाख ७५ हजार चन्दा दिएका छन् ।
छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा २५ लाख १४ हजार ६९५ र गाडी खरिदमा १ करोड १७ लाख ४२ हजार खर्चिएका उनले एटीएमबाट सुपरमार्केटहरूमा १ करोड ८० लाख १६ हजार ४४६ रुपैयाँ ८२ पैसा खर्चिएका छन् ।
अख्तियारका अनुसार विभिन्न ५५ वटाभन्दा बढी बैंक, वित्तीय संस्था तथा सहकारीमा उनको खाता भेटिएको छ । जसमा अहिले २ करोड ७१ लाख ५३ हजार ४२१ रुपैयाँ ६४ पैसा नगद मौज्दात छ । यो सबै जोड्दा उनले २५ करोड २८ लाख ५ हजार नौ रुपैयाँ ७६ पैसा लगानी तथा खर्च गरेको भेटिएको थियो ।
सार्वजनिक सेवामा प्रवेश गरेदेखि २ चैत २०६९ सम्म गरेको खर्च तथा लगानी २ करोड २ लाख ७० हजार ३७१ रुपैयाँ पनि यसमा जोड्दा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ ७६ पैसा खर्च तथा लगानी भेटिएको अख्तियारको अनुसन्धानमा देखिएको थियो ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विशेष अदालतमा ३५२ भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ । तीमध्ये ठूलो भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल राष्ट्र बैंकको पोलिमर नोट छपाइसम्बन्धी मुद्दालाई अख्तियारले दुई दशकपछि विशेष अदालतमा दर्ता गर्यो।

नवीन घिमिरेले नेतृत्व सम्हालेपछि अख्तियारले भ्रष्टाचारले ठूलो मुद्दामा हात हालेको छ । गत साउनयता मात्र अख्तियारले २९४ उजुरीमाथि विस्तृत अनुसन्धान गरी ३५२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत ५ पुसमा ९१ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्षसहित अख्तिायारले पूर्वगभर्नर तिलक रावललगायतका विरुद्ध मुद्दा दायर गरेको थियो । त्यस्तै, संघीय समाजवादी फोरमका ठेकेदार सांसद हरिनारायण रौनियार, ठेकेदार पृष्ठभूमिकै पूर्वमन्त्री विक्रम पाण्डेलगायतविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । समाज कल्याण परिषद्को जग्गा भाडा प्रकरणमा २९ करोड हानि पुर्याएको अभियोगमा दुई पूर्वमन्त्री बद्री न्यौपाने र टेकबहादुर गुरुङ पनि भ्रष्टाचार मुद्दा धाइरहेका छन् । राजधानी दैनिकमा खबर छ ।