४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

उपचार गर्न जिल्लाबाहिर जानुपर्ने बाध्यता टर्‍यो

उपचार गर्न जिल्लाबाहिर जानुपर्ने बाध्यता टर्‍यो
अ+ अ-

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । सामान्य स्वास्थ्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता व्यहोर्दै आएका स्थानीयवासीले गाउँपालिकाबाटै विशिष्टीकृत स्वास्थ्य सेवा लिन थालेका छन् । 

गाउँपालिकाले स्थानीयवासीको उपचार  सेवाका लागि चिकित्सकसहित  अत्याधुनिक एक्स–रे सेवा दिएको छ । गाउँपालिकाले एकजना एमबिबिएस चिकित्सक नियुक्त गरी विशेषज्ञ सेवा दिन थालेको छ । डिआर सिस्टमको एक्स–रे सेवा उपलब्ध गराउनाका साथै गाउँपालिकाका दुईवटा स्वास्थ्य चौकी नुवागाउँ र नेर्पामा प्रयोगशाला सेवासमेत सञ्चालनमा ल्याएको छ । 

“गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानीले स्थानीयवासी निकै खुसी भएका छन्”, स्थानीयवासी रेखा नेपालीले भन्नुभयो । सामान्य एक्स–रे र प्रयोगशाला सेवाका लागि पनि दाङलगायत जिल्लाबाहिर जानुपर्ने समस्या टरेको नेपालीले बताउनुभयो । आफ्नै घरआँगनबाट यो सुविधा पाउँदा समय र पैसाकोसमेत बचत भएको नेपालीले बताउनुभयो । गाउँपालिकाले उपलब्ध गराएको यो सुविधासँगै स्थानीयवासीले घरकै आटोपीठो खाएर उपचार गर्न पाएको नेपालीको भनाइ छ  ।

स्वास्थ्य सुधारका लागि महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सेवा सुविधा वृद्धि तथा क्षमता विकासमा समेत गाउँपालिकाले लगानी गरेको छ । महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सेवा अझै गुणस्तरीय र भरपर्दो बनाउन उनीहरुको  सेवासुविधा पनि थप गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नेपाल सरकारले उपलब्ध गराउँदै आएको भत्तामा वार्षिक रु १२ हजार थप  गरेको छ । 

साथै गाउँपालिकले घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने लक्ष्यसहित काम गरेको  छ । घरमा हुने प्रसूतिलाई निरुत्साहत गर्न र संस्थागत प्रसुतिलाई प्रोत्साहन गर्न स्वास्थ्य संस्थामा  प्रसूति गराउन आउने आमाहरुलाई यातायातस्वरुप नेपाल सरकारले उपलब्ध  गराएको भत्तामा रु एक हजार थप  गरेको  गाउँपालिको भनाइ छ । 

महिला स्वास्थ्य स्वयम्सेविकालाई उपलब्ध गराएको प्रोत्साहन र संस्थागत सुत्केरीमा  गरिएको प्रोत्साहनले गाउँपालिकाको स्वास्थ्य सूचकांकमा सकारात्मक परिवर्तन आएको गाउँपालिकाको स्वास्थ्य शाखाको भनाइ छ । गाउँपालिकामा आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सुत्केरी सङ्ख्या ४५.४  प्रतिशत मात्रै रहेकामा  आर्थिक  वर्ष २०७७/७८ मा यो सङ्ख्या बढेर ५६ प्रतिशत पुगेको थियो । साथै गर्भ जाँच  गर्नेहरुको सङ्ख्या आर्थिक वर्ष २०७६/७७ मा ४६।७ प्रतिशत रहेकामा आर्थिक वर्ष ०७७/७८ मा यो सङ्ख्या बढेर ६४ प्रतिशत  पुगेको थियो । 

“महिला स्वास्थ्य स्वयम्सेविकालाई उपलब्ध गराएको प्रोत्साहन भत्ता र स्वास्थ्य संस्थामा प्रसूति गर्न आउनेलाई दिइने थप यातायात सुविधाले गाउँपालिकाको स्वास्थ्य सूचकांकमा सकारात्मक परिवर्तन आएको छ”, गाउँपालिकाका स्वास्थ्य संयोजक पूर्ण बुढाले भन्नुभयो । (रासस)