१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीपीएल क्रिकेट : अतरियाको दोस्रो जित, रुपन्देही च्यालेन्जर्स पराजित



अ+ अ-

काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा दोस्रो खेलमा पनि सीवाईसी अतरियाले जित हात पारेको छ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको हो । १२२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ८२ रन मात्रै बनायो । रुपन्देहीका लागि सुमित महर्जन २२ रनमा अविजित रहे । त्यस्तै, सन्दीप सुनारले १५, प्रदीप ऐरी र विक्रम सोबले समान १४/१४ रन बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिए ।

बलिङतर्फ कप्तान दीपेन्द्रसिंह ऐरी, सन्नी पटेल, भुवन कार्की र दीपेन्द्र रावतले समान २(२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ६७ रन बनाए । उनले ५० बलमा १० चौका र एक छक्का प्रहार गरे ।

बलिङतर्फ रुपन्देहीका ललित भण्डारीले तीन विकेट लिए ।