१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्डकी राजकुमारी उबोलरतनाद्धारा क्षमायाचना



अ+ अ-

बैंकक । थाइल्यान्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमायाचना गरेकी छन् ।

६७ वर्षीया उबोलरतनाले शाही परिवारको सदस्य रहेकै बेला ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिनअघि उम्मेदवारीको घोषणा गरेकी थिइन् । त्यसको केही घण्टा पनि नबित्दै उनका भाइ तथा थाइल्यान्डका राजा महावाजिरालोङकोर्नले आपत्ति जनाएका थिए । राजाले राजपरिवारका सदस्य भएको व्यक्ति दलीय र सक्रिय राजनीतिमा संलग्न हुन नमिल्ने धारणा राखेका थिए ।

राजपरिवारका सदस्य राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यताविपरीत हुने राजाको भनाइ थियो ।

राजाको आपत्तिपछि निर्वाचन आयोगले पनि उनलाई उम्मेदवार बन्न नमिल्ने भन्दै अयोग्य घोषणा गरेको थियो । पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी घोषणा गरेको बताइएको छ । सिनावात्रालाई सन् २००६ मा सैनिक कूबाट पदच्युत गरिएको थियो ।

तर सन् २०१४ मा उनकी बहिनी यिङलक सिनावात्राको सत्तामा पुनरागमन भएको थियो । यिङलकलाई पनि भ्रष्टाचार आरोपमा जेल सजाय दिएर सत्ताच्युत गरिएको थियो । उनी अहिले निर्वासनमा छिन् भने देश बाहिरैबाट थाई रक्षा चार्ट पार्टी सञ्चालन गरिरहेकी छन् । थाइल्यान्डमा आउँदो मार्च २४ मा आम निर्वाचन घोषणा गरिएको छ ।