१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानी महल : प्रधान सेनापति आफ्नी दिवंगत प्यारी रानीको सम्झनामा मध्यरातमा रुँदै चिच्याउँथे



अ+ अ-

काठमाडौँ । पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत प्राण प्यारी रानी तेजकुमारीको सम्झनामा पाल्पा स्थित यस रानी महल निर्माण गरेका थिए, जसलाई प्रेमको प्रतिकको रुपमा मुल्यांकन गरिन्छ ।

बि स १९५० सालमा शिलान्यास गरिएको रानी महल दरबार बि स १९५४ सालमा ४ बर्षको समयमा तयार गरिएको थियो । काली गण्डकी नदी तटमा बिशाल चट्टानमाथि पश्चिमि कला कौशलको बेजोड नमूनाले सिंगारेर निर्माण गरिएको यस दरबारको मूल ढोकाबाट ढुङ्गा र इट्टाबाट बनाइएका सुन्दर खुड्किला तल नदीसम्म जोडिएको छ ।

कालीगण्डकीबाटै जग उठाएर करिब ११ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो दरवारमा २४ ओटा कोठाका साथै महलको परिसरमा मनमोहक बगैंचा, शिवालाय, पानीपोखरी, शिवलिङमा नागनागिनीले जलसेचन दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला, ठूला घन्टसहितको विभिन्न आकर्षित कलाकृतिहरू निर्माण गरिएका थिए । धार्मिक हिसाबले पनि उत्तरमुखी काली गंगाको किनारामा रहेको यो महल महत्त्वपूर्ण मानिन्छ ।

४ वर्षको निर्माण अवधिमा दरबारमा जडित महत्वपूर्ण फर्निचर, महँगा महँगा सजावटका सामाग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्नेपनि गरिन्छ ।