२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको कुरा : पार्टी फुटाउने एकता महाधिवेशन भन्ने , सी पी लाई राप्रपा अध्यक्ष बन्न शुभकामना



अ+ अ-

काठमाडौ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राप्रपाको एकता महाधिवेशनलाई शुभकामना दिँदै एमालेको आलोचना गर्नु भएको छ । शुभकामना दिँदै उहाँले भन्नुभयो, "तपाईहरु तीन पार्टी मिले पछि एकता महाधिवेशन गर्नुभयो तर तीन पार्टी फुटाएर एकता महाधिवेशन भन्दै रमिता गरेको पनि देखियो । तपाइँहरूले जाली झेली काम गर्नु भएन, जे छ त्यही गर्नुभयो ।"

माओवादी अध्यक्ष दाहालले राप्रपासँग विचार र मत नमिल्ने भएपनि राष्ट्रिय भावना र स्वाधीनताका कारण एउटै गोत्रमा रहेको बताउनु भयो । तर प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीले राजसंस्था प्रति गर्नुभएको सकारात्मक टिप्पणी प्रति कटाक्ष गर्नुभयो ।

उहाँले भन्नुभयो, "सी पी जीहरु गणतन्त्रका लागि राजा फाल्नु पर्छ भन्दै टाउको काट्दै हिँड्नु भयो । अहिले पानी माथिको ओभानो बन्न खोज्दै हुनुहुन्छ । राप्रपाको अध्यक्ष बन्न लाग्नु भएको हो भने सीपीजीलाई शुभकामना ।"