२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार गरेको आरोपमा चार जना विरुद्ध आरोप पत्र दायर



अ+ अ-

काठमाडौँ । जिल्ला कृषि बिकास कार्यालय, तेह्रथुमका प्रा.स हरि गोपाल आचार्य सहित चार जना विरुद्द रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुकबार पेश गरेको आरोप पत्रमा आचार्य बाहेक प्रमुख मनोजकुमार यादव, लेखापाल डिल्ली प्रसाद आचार्य र नायब सुब्बा दुर्गा प्रसाद पैडेल विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।

चारै जनाले अलैंचीको बिरुवा खरिद गरी कृषकहरूलाई बितरण गर्दा कमिशन दिने व्यक्तिलाई मात्र दिएको, कमिशन रकम गोप्य रुपमा दिनु पर्ने अनि बाँकी रकम बिलबाट लिने गरी लाखौं लाख रकम घोटाला गरेको र ईलामबाट बिरुवा ल्याउँदा र बिरुवा सम्बन्धित क्षेत्रमा पुर्‍याउंदा गाडी भाडासमेत घोटाला गरेको आरोप लागेकोहो ।

अनुसन्धान हुँदा जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमको आ.व. २०७२र०७३ को बार्षिक कार्यक्रमको तेस्रो चौमासिक लक्ष्यअनुसार अलैंची रोग व्यवस्थापन तथा नर्सरी स्थापना र कृषि प्रसार कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट कार्यक्रम सञ्चालन गर्दा झुट्टा बिल भरपाईको आधारमा भुक्तानीसमेत लिई सरकारी रकम हिनामिना गरेको समेत खुलेको आयोगका सहसचिव रामेश्वर दंगालले जानकारी दिए ।