१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग ब्यास : सन्दीप रहेको मेलबर्नले उपाधिका लागी रेनिगेट्ससँग आइतबार प्रतिस्पर्धा गर्ने



अ+ अ-

काठमाडौँ । मेलबर्नमा शुक्रबार भएको सेमिफाइनलमा घरेलु टोलीले सिड्नी सिक्सर्सलाई तीन विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ ।

१८१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेमो मेलबर्नले निर्धारित ओभर सकिन एक बल बाँकी छदा सात विकेटको क्षतिमा लक्ष्य भेट्टायो । मेलबर्नका लागि कप्तान आरोन फिन्चले ४४ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको सिड्नी सिक्सर्सले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १८० रन बनाएको थियो । सिड्नीका लागि जोश फिलिपे र ड्यानियल हुग्हेसले समान ५२–५२ रन बनाएका थिए ।

यसअघि भएको पहिलो सेमिफाइनलमा मेलबर्न स्टार्सले होबर्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गरेको थियो । अब नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले क्रिकेटको उपाधिका लागि मेलबर्न रेनिगेट्ससँग आइतबार प्रतिस्पर्धा गर्ने भएको छ ।