१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीले एकपछि अर्को सफलता, लाखौको सुनसहित १ जना पक्राउ



अ+ अ-

रसुवा । नेपाल प्रहरीले एकपछि अर्को सफलता हात पारेको छ । रसुवामा २४ लाख रुपैयाँ बराबरको सुनसहित १ जना पक्राउ परेका छन् ।

शुक्रबार पासाङ ल्हामु राजमार्गको खोपाङबाट गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका २९ वर्षीय दावा छिरिङ तामाङ ४६२ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

काठमाडौंतर्फ जाँदै गरेको बसमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा तामाङको प्यान्ट्सको खल्तीमा सुन भेटिएको प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए । सुनको बजार मूल्य २४ लाख ५९ हजार रुपैयाँ रहेको छ ।