२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन आर्मीको भुटानमा चमत्कार, गोलको बर्षा



अ+ अ-

भूटानमा जारी जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेको छ । आज भएको खेलमा आर्मीले भुटानको थिम्पु सिटीलाई ६–० गोलअन्तरले पराजित गर्यो ।

जितसँगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले दुई, नवयुग श्रेष्ठ, विमल पाण्डे र सन्तोष तामाङले एक-एक गोल गरे । खेलको पाँचौ मिनेटमा कप्तान भरत खवासले, ३१औँ मिनेटमा नवयुग श्रेष्ठले, ३६औँ मिनेटमा भरत तथा ४५औँ मिनेटमा विमल पाण्डेले गोल गरेका थिए ।

दोस्रो हाफपछि आर्मीका लागि ७७औँ मिनेटमा सन्तोष तामाङले गोल गरे । प्रतियोगितामा आयोजक भूटानका ६, नेपालका दुई र भारतका चार क्लब सहभागी छन् ।