१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन आर्मीको भुटानमा चमत्कार, गोलको बर्षा



अ+ अ-

भूटानमा जारी जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेको छ । आज भएको खेलमा आर्मीले भुटानको थिम्पु सिटीलाई ६–० गोलअन्तरले पराजित गर्यो ।

जितसँगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले दुई, नवयुग श्रेष्ठ, विमल पाण्डे र सन्तोष तामाङले एक-एक गोल गरे । खेलको पाँचौ मिनेटमा कप्तान भरत खवासले, ३१औँ मिनेटमा नवयुग श्रेष्ठले, ३६औँ मिनेटमा भरत तथा ४५औँ मिनेटमा विमल पाण्डेले गोल गरेका थिए ।

दोस्रो हाफपछि आर्मीका लागि ७७औँ मिनेटमा सन्तोष तामाङले गोल गरे । प्रतियोगितामा आयोजक भूटानका ६, नेपालका दुई र भारतका चार क्लब सहभागी छन् ।