१५ फाल्गुन २०८१, बिहीबार
February 27, 2025 Thursday
Latest
मुग्लिन-नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द रारास्थित एक होटेलमा आगलागी हुँदा चार भवन नष्ट, पाहुनालाई निकुञ्ज कार्यालयमा सारियो स्रोतको चर्को चापः नयाँ बजेटको गृहकार्य तिव्र हमासले बुझायो चार इजरायली बन्धकको शव, इजरायलले ६ सय कैदी छाड्दै वनगाउँका एकसय घर तरकारी खेतीमा आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ चारमध्ये तीन वटा जहाज एकैपटक ग्राउन्डेड, यात्रु अलपत्र न्युक्यासललाई हराउँदै शीर्षस्थानको लिभरपुलले अंकदुरी बढायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइराला परिवारलाई १२१ किलोको एउटै मालाले स्वागत



अ+ अ-

वीरगन्ज । नेपाली काग्रेसमा आफ्नो छुट्टै छबि बनाएका कोईराला परिवारलाई वीरगन्जमा १२१ किलोको एउटै मालाले स्वागत गरिएको छ। कांग्रेस महामन्त्री शशांक, नेताहरु सुजाता र शेखर कोइरालालाई गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एउटै मालाले सम्मान गरिएको हो।

शनिबार कांग्रेसका पूर्व सभापति स्वर्गीय कोइरालाको नामको फाउन्डेसनको कार्यक्रममा पुगेका नेतालाई एउटै मालाले सम्मान गरिएको हो। फोटो प्रदर्शनी र तथा विचार गोष्ठी कार्यक्रममा सहभागी हुन् कोइराला परिवारका तीन नेता वीरगन्ज आएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीमा कोइराला परिवार एक भएको बताइन्। ‘हामी तीन कोइराला एक छौँ। भन्नेले जे भनुन टाउको दुखाउनु पर्दैन। हामी एक छौँ’, कोइरालाले भनिन्।