१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समान मूल्य–मान्यता भएका दल एक हुनुपर्नेमा प्रधानमन्त्रीको जोड



file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा कम दल हुनु फलदायी हुने बताउनुभएको छ ।

बुधबार भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ’तीनवटा पार्टी मिलेर एकता गर्नुभएको छ। यसका लागि धन्यवाद, नेपालमा जति कम पार्टी भयो, त्यति राम्रो हो।’

प्रत्येक पार्टीमा आ–आफ्नै मूल्य–मान्यता हुने भएकाले एकै मान्यता भएका दलहरू एक हुन आवश्यक रहेकोमा उहाँको जोड थियो । 

पार्टीहरुबीचमा आगामी दिनमा राष्ट्रियताको मुद्दामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको समेत उहाँले बताउनुभयो ।