• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन: सांसद गिरी ★   सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी ★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग ★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी ★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित ★   पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक

देशकै जेठो अस्पतालमा चरम लापरबाही, आकस्मिक कक्षको मुख्य ढोकामै शव



काठमाडौं। देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र बिरामी एकै ठाउँमा राख्ने गरिएको छ । अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्ने गरेको छ ।

भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिन्छ । कुरुवा नभएका बिरामीलाई ढोकानजिकै भित्र राखिएको हुन्छ । यही बाटो भएर बिरामी र बिरामीका आफन्त इमर्जेन्सी, एक्स–रे, ल्याब तथा ब्लड बैंक जाने गर्छन् । बाटोमा शव देख्दा केटाकेटी र बिरामी तर्सिने गरेको चिकित्सकहरू बताउँछन् । यो अवस्थाले बिरामीमा मानसिक र शारीरिक समस्या आउन सक्ने उनीहरू बताउँछन् ।

अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा। भोलाराम श्रेष्ठले बिरामी र शव एकै ठाउँ राख्नु बाध्यता भएको बताए । ‘अहिले वीरमा शव राख्ने ठाउँ छैन । आफन्तले नलगुन्जेल ढोकाछेउमा पर्दाले छोपेर राख्नेबाहेक अरू काम गर्न सकिँदैन । शवलाई बिरामी राख्ने बेडमा सँगै राख्न मिल्दैन । दिनहँु बिरामी र आफन्तको गुनासो आएको छ । तर, समाधान गर्न सक्ने तत्काल अवस्था छैन,’ डा। श्रेष्ठले भने । लामो समय शव राख्नुपर्ने अवस्था आए फरेन्सिक मेडिसिन विभाग महाराजगन्ज र पशुपति आर्यघाटमा रहेको फ्रिजमा लैजाने गरेको उनले बताए ।

सरकारले नीति तथा कार्यक्रममै समेटेको औषधिमा आत्मनिर्भर बन्ने योजना कागजमै सीमित बनेको छ । पहिलो चरणमा ३० प्रकारका औषधि आयातमा प्रतिबन्ध लगाएर नेपाली औषधि उद्योगहरूको क्षमता मूल्यांकन गर्ने सरकारको योजना थियो । तर, ती औषधिको सूची केही समयअघि मन्त्रिपरिषद्मा पुगे पनि प्रक्रियामा अघि बढेको छैन ।

नेपाल औषधि उत्पादक संघका महासचिव प्रज्वलजंग पाण्डेले औषधिमा आत्मनिर्भर हुन सरकारबाट कुनै ठोस काम अघि नबढेको बताए । ‘सामान्य, तर महत्वपूर्ण ३० प्रकारका औषधिमा आत्मनिर्भर रहेको भन्दै ती औषधि आयातमा प्रतिबन्ध लगाउने सरकारको योजना छ,’ पाण्डेले भने, ‘तर, अहिलेसम्म कुनै काम अघि बढेको छैन । मन्त्रिपरिषद्मा अड्किएको फाइल निर्णय भए ठोस काम अगाडि बढ्नेमा हामी विश्वस्त हुने ठाउँ हुन्थ्यो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।