११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

देशकै जेठो अस्पतालमा चरम लापरबाही, आकस्मिक कक्षको मुख्य ढोकामै शव

देशकै जेठो अस्पतालमा चरम लापरबाही, आकस्मिक कक्षको मुख्य ढोकामै शव
अ अ+ अ-

काठमाडौं। देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र बिरामी एकै ठाउँमा राख्ने गरिएको छ । अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्ने गरेको छ ।

भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिन्छ । कुरुवा नभएका बिरामीलाई ढोकानजिकै भित्र राखिएको हुन्छ । यही बाटो भएर बिरामी र बिरामीका आफन्त इमर्जेन्सी, एक्स–रे, ल्याब तथा ब्लड बैंक जाने गर्छन् । बाटोमा शव देख्दा केटाकेटी र बिरामी तर्सिने गरेको चिकित्सकहरू बताउँछन् । यो अवस्थाले बिरामीमा मानसिक र शारीरिक समस्या आउन सक्ने उनीहरू बताउँछन् ।

अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा। भोलाराम श्रेष्ठले बिरामी र शव एकै ठाउँ राख्नु बाध्यता भएको बताए । ‘अहिले वीरमा शव राख्ने ठाउँ छैन । आफन्तले नलगुन्जेल ढोकाछेउमा पर्दाले छोपेर राख्नेबाहेक अरू काम गर्न सकिँदैन । शवलाई बिरामी राख्ने बेडमा सँगै राख्न मिल्दैन । दिनहँु बिरामी र आफन्तको गुनासो आएको छ । तर, समाधान गर्न सक्ने तत्काल अवस्था छैन,’ डा। श्रेष्ठले भने । लामो समय शव राख्नुपर्ने अवस्था आए फरेन्सिक मेडिसिन विभाग महाराजगन्ज र पशुपति आर्यघाटमा रहेको फ्रिजमा लैजाने गरेको उनले बताए ।

सरकारले नीति तथा कार्यक्रममै समेटेको औषधिमा आत्मनिर्भर बन्ने योजना कागजमै सीमित बनेको छ । पहिलो चरणमा ३० प्रकारका औषधि आयातमा प्रतिबन्ध लगाएर नेपाली औषधि उद्योगहरूको क्षमता मूल्यांकन गर्ने सरकारको योजना थियो । तर, ती औषधिको सूची केही समयअघि मन्त्रिपरिषद्मा पुगे पनि प्रक्रियामा अघि बढेको छैन ।

नेपाल औषधि उत्पादक संघका महासचिव प्रज्वलजंग पाण्डेले औषधिमा आत्मनिर्भर हुन सरकारबाट कुनै ठोस काम अघि नबढेको बताए । ‘सामान्य, तर महत्वपूर्ण ३० प्रकारका औषधिमा आत्मनिर्भर रहेको भन्दै ती औषधि आयातमा प्रतिबन्ध लगाउने सरकारको योजना छ,’ पाण्डेले भने, ‘तर, अहिलेसम्म कुनै काम अघि बढेको छैन । मन्त्रिपरिषद्मा अड्किएको फाइल निर्णय भए ठोस काम अगाडि बढ्नेमा हामी विश्वस्त हुने ठाउँ हुन्थ्यो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।