११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

नेकपाको राष्ट्रिय अभियान अलपत्र, अपूरो प्रतिवेदन बुझाइयो

नेकपाको राष्ट्रिय अभियान अलपत्र, अपूरो प्रतिवेदन बुझाइयो
अ अ+ अ-

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय अभियानको योजना ६ महिनादेखि अलपत्र परेको छ । असार र साउनभित्र एकीकरणका सबै काम टुंग्याएर भदौदेखि अभियान चलाउने छलफल केन्द्रीय सचिवालयमै भए पनि अलपत्र परेको छ ।

दसैँको सम्मुखमा कार्यकर्ता घर फर्किने भएकाले एकीकरणको सन्देश दिन उपयुक्त हुने भन्दै पार्टीले योजना बनाएको थियो । तर, एकीकरण प्रक्रिया नै धकेलिएपछि अन्य योजना ओझेलमा परेका छन् ।

३ जेठमा पार्टी एकतापछि सबै तहमा एकीकरण टुंग्याउन चार तहको कार्यदल बनिसकेको छ । एकीकरणमा ढिलाइ भएपछि १२ पुसमा सम्पन्न स्थायी समिति बैठकमा नेतृत्वको आलोचना भएको थियो । आलोचना मत्थर पार्दै बैठकले माघ महिनाभित्रै एकीकरण सक्ने गरी ९ सदस्यीय कार्यदल बनाए पनि काम गर्न सकेन । संयोजक रामबहादुर थापा बादलले अपूरो प्रतिवेदन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

नेकपाको केन्द्रीय कमिटी बैठक नबसेको त ९ महिना भइसक्यो । पार्टीको अन्तरिम विधानमा ६ महिनाभित्र केन्द्रीय कमिटी बैठक बस्ने व्यवस्था भए पनि एकतायता औपचारिक बैठक बस्न सकेको छैन । एकीकरणलगत्तै १० जेठमा माइन्युटमा हस्ताक्षर गर्ने प्रयोजनका लागि केन्द्रीय कमिटी बैठक बोलाइए पनि केन्द्रीय सदस्यहरूले प्रस्तावित एजेन्डामा छलफलमा भाग लिन पाएका छैनन् ।

‘हामीले पार्टीलाई विधिसम्मत तरिकाले सञ्चालन गर्नुपर्ने मागसहित ध्यानाकर्षणपत्रसमेत बुझाएका थियौँ,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘बैठकमा त यसै ढिलाइ भएकै छ, एकीकरणको काममा ढिलाइ गरेर आम नेताकार्यकर्तालाई निराश पार्ने गरी पार्टीलाई, नेतृत्वलाई महाशिथिलीकरणको दिशामा धकेलेको छ ।’ नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालय छ ।

पार्टी धेरै पछाडि परिसक्यो : झलनाथ खनाल, वरिष्ठ नेता

एकीकरणका काम सक्न भएको ढिलाइले पार्टी लथालिंग भएको छ । सांगठनिक एकीकरणमा भइरहेको ढिलाइले राष्ट्रिय अभियान पछाडि धकेलिएको छ, पार्टी नै पूरै पछाडि भइसक्यो । अब एकता कार्यदलको रिपोर्ट हेरेर सचिवालयमा एकीकरण र अभियानको टुंगो लगाउँछौँ ।

ओली–प्रचण्डबीच बालुवाटारमा छलफल

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भएको छ । ९ सदस्यीय कार्यदलको प्रतिवेदन, एकीकरणमा भइरहेको ढिलाइ र सचिवालयको बैठकको तयारीमा केन्द्रित रहेर दुई अध्यक्षबीच शनिबार छलफल भएको बालुवाटार स्रोतले बतायो । छलफलपछि सोमबारसम्म सचिवालय बैठक बोलाएर एकीकरणको काम टुंग्याउने र स्थायी समितिमा प्रस्ताव लैजाने समझदारी भएको स्रोतको भनाइ छ ।

‘अबको बैठकबाट एकीकरणको सबै काम टुंगो लाग्छ, त्यसअनुसार नै दुई अध्यक्षले गृहकार्य गरिरहनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘सोमबारसम्म सचिवालय बैठक बोलाएर स्थायी समितिमा एकीकरणको प्रस्ताव लगिनेछ ।’ स्थायी समितिको पछिल्लो बैठकले माघभित्र एकीकरणसम्बन्धी सबै काम टुंगो लगाएर फागुन र चैतमा देशव्यापी राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, कार्यदलले काम गर्न नसकेपछि माघमा स्थायी समिति र केन्द्रीय कमिटी बैठक डाकिएन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।