११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

झोले एनजिओलाई दोस्रो किस्ता दिन दबाब

झोले एनजिओलाई दोस्रो किस्ता दिन दबाब
अ अ+ अ-

काठमाडौं । समाज कल्याण परिषद्का पदाधिकारीले ३३ झोले एनजीओलाई दिने निर्णय गरेको रकमको दोस्रो किस्ता निकासा दिन मन्त्रीले दबाब दिएकी छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाको दबाबपछि परिषद्का कर्मचारी अप्ठेरोमा छन्। उनी परिषद्की अध्यक्ष पनि हुन्।

उनले गत शुक्रबार परिषद्का विभागीय प्रमुखलाई आफ्नो कार्यकक्षमा बोलाएर रकम दिन दबाब दिएकी थिइन्। ‘पहिलो किस्ता पाउने संस्थालाई जे जसरी भए पनि दोस्रो किस्ता तत्काल उपलब्ध गराउन मन्त्रीले निर्देशन दिनुभएको छ’, स्रोतले भन्यो। त्यस्ता एनजीओलाई अनुदानको पहिलो किस्ताबापत ४९ लाख ८७ हजार ५ सय रुपैयाँ वितरण भइसकेको छ। वर्षको अन्तिममा परिषद् पदाधिकारीले आफूनिकट कार्यकर्ताका झोले ३३ संस्थालाई १ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेका थिए।

नियमविपरीत र अपारदर्शी तवरबाट अनुदान बाँडेको भन्दै दोस्रो किस्ता नदिन कर्मचारीले विरोध गरिरहेका छन्। अनुदान वितरणको कागजात अख्तियार र महालेखाले अध्ययन गरिरहेका छन्। महालेखाले ती संस्थालाई दोस्रो किस्ता नदिन सचेत गरिसकेको छ। दोस्रो किस्ता संस्थाको कार्यक्रम अनुगमनपछि दिने प्रावधान छ। गत पुस २७ मा पदाधिकारी बैठकले एनजीओलाई टेबल मनिटरिङ गरी रकम निकासा गर्ने निर्णय गरेको थियो। संशोधित कार्यविधिमा स्थानीय तहको सिफारिसका आधारमा अनुदान दिनुपर्ने उल्लेख छ।

‘रकम रोक्न सक्ने अवस्था अब देखिन्न’, सदस्यसचिव राजेन्द्र पौड्यालले भने, ‘कुनै निकायले छानबिन गरी प्रक्रिया ठीक छैन भनेर तत्काल रोक्न निर्देशन दिइनसकेकाले पनि दोस्रो किस्ता रोकिने अवस्था छैन।’ कार्यविधिअनुसार ३ लाख रुपैयाँभन्दा बढी माग गर्ने संस्थाबाट आवेदन आउनुपर्छ। पदाधिकारीले अनुदान कार्यविधि २०७१ लाई आफूअनुकूल बनाएर झोले एनजीओलाई रकम वितरण गरेको पाइएको छ।

४ वर्षदेखि रोकिएको परिषद्बाट वितरण हुने अनुदान पदाधिकारीले फुकुवा गरेका हुन्। पहिले पनि पदाधिकारीले अनियमित तवरले अनुदान वितरण गर्दै आएका थिए। कार्यसञ्चालन समितिको निर्णय नभई सीधै पदाधिकारीको तोक आदेश र टिप्पणीका भरमा वितरण गरिँदै आएको थियो। अनुदान वितरण कार्यविधि नभएको भन्दै अख्तियारले पनि पारदर्शी हिसाबले बाँड्न निर्देशन दिएको थियो। त्यसपछि परिषद्ले ०७१ मा संघसंस्था अनुदानसम्बन्धी कार्यविधि बनाएको थियो।

अनुदान वितरणका लागि परिषद्का कोषाध्यक्ष वीरबहादुर ठगुन्नाको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो। उपसमिति सदस्यमा राकेश हमाल, इन्द्रनारायण झा र कर्मचारीबाट योजना शाखाका रामराज भट्टराई, विभागीय प्रमुख शिवबहादुर बस्नेत, अनुगमन शाखा प्रमुख भगवती संग्रौला छन्। उपसमितिको निर्णयलाई कार्यसञ्चालन समितिले बेवास्ता गरी निर्णय गरेको छ।

प्रक्रिया अनुसार सदस्यसचिवबाट कार्यसञ्चालन समितिमा प्रस्ताव पेस गरी निर्णय गर्नुपर्छ। परिषद् कोषाध्यक्ष वीरबहादुर ठगुन्नाले समितिबाट सीधै निर्णय गराएर अनुदान वितरण गराएका हुन्। कार्यविधिअनुसार प्रस्ताव पारदर्शी ढंगबाट लानुपर्ने तथा सूचना लिन ३५ दिने म्याद जारी गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै त्यसलाई लत्याइएको छ।

अनुदान प्रस्ताव पेस गर्न तीनदिने म्यादसहितको सूचना अनलाइनमा प्रकाशन भएको थियो। तर पदाधिकारीले १५ दिने सूचना प्रकाशन गरी १ सय २८ संस्थाको आवेदन माग गरेको गलत विवरण महालेखापरीक्षकलाई दिएका छन्। अनलाइनमा तीन दिन सूचना राखेका भरमा यति धेरै संस्थाले कसरी प्रस्ताव पेस गरे आशंका उत्पन्न भएको छ।

प्रस्ताव पेस गरेकामध्ये कार्यसञ्चालन समितिको बैठकले ४४ संस्थालाई अनुदान दिन सकिने निर्णय गरेको थियो। पछि कोषाध्यक्ष ठगुन्ना र उपाध्यक्ष नीलमणि बरालले आफूनिकट ३३ संस्था छनोट गरे। उपसमितिले अनुदान दिने भनेको एकीकरण नेपाल गोरखाको ठाउँमा असार ३२ को कार्यसञ्चालन समितिले निर्णय गरी झापाको प्रगति विकास महिला संस्थालाई वितरण गरिएको छ। उपाध्यक्ष बरालको क्षेत्र झापाका तीन संस्थामध्ये दुईलाई २÷२ लाख र एउटालाई ३ लाख बाँडिएको छ। अनुदान सम्झौतामा परिषद्का कर्मचारी रामराज भट्टराई, शिव बस्नेत र सदस्यसचिव डिल्ली भट्टको हस्ताक्षर छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।