११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

सेनाको प्लटिङ सर्वसाधारणलाई सास्ती, ढल निकास अवरुद्ध

सेनाको प्लटिङ सर्वसाधारणलाई सास्ती, ढल निकास अवरुद्ध
अ अ+ अ-

काठमाडौं। नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ ।

सेनाले कीर्तिपुर–६ भूतखेलको करिब ३ सय ५० रोपनी जग्गामा सात सयभन्दा बढी घडेरी बनाउँदै छ । यो जमिन भिरालो छ ।

त्यसैले जीवन्तनगरबाट बगेको पानी सेनाको घडेरी हुँदै खोल्सामा मिसिएर बागमती नदीमा पुग्छ । सेनाले खोल्सासहितको भागलाई घडेरी बनाएको छ । उसले त्यो स्थानमा ३।५ देखि ४ फिटसम्मको ढल बनाइसकेको छ । जीवन्तनगरका स्थानीय पनि सेनाको सोही ढलमा आफ्नो ढल मिसाउन चाहन्छन् । तर, सेनाले अनुमति नदिँदा करिब सय घरको ढल जडान कार्य रोकिन पुगेको छ ।

जीवन्तनगर टोल सुधार समितिका अध्यक्ष पुष्कर पौडेलले सेनाकै कारण सय घरको ढल जडान रोकिएको बताए । ‘जीवन्तनगरमा अहिले ७० भन्दा धेरै घर छन् । ३० वटा बन्दै छन् । त्यसभन्दा माथि पाँगा छ । यी ठाउँको ढल सेनाले गरेको प्लटिङको बाटोबाहेक अन्तबाट निकास हुने सम्भावना छैन । किनभने सेनाको प्लटिङ पाँगा र जीवन्तनगरभन्दा तल छ,’ उनले भने, ‘तर, सेनाले कुनै हालतमा प्लटिङबाट ढल निकास गर्न नदिने भनेको छ । यसले जीवन्तनगर मात्र होइन, पाँगाको ढल निर्माण कार्य पनि प्रभावित बन्यो ।’

प्लटिङबाट निस्किने ढल सेनाले चोभारस्थित राजकुलोमा बनेको ढलमा निकास गरेको छ । समितिका अध्यक्ष पौडेल भन्छन्, ‘सेनाको घडेरीबाट निस्केको ढल राजकुलोमा मिसाउन हुने, अनि हाम्रो चाहिँ रोक्ने रु सेनाले आफ्नो ढल प्लटिङभित्रै व्यवस्थापन गर्न सक्छ भने हाम्रो भन्नु केही छैन । नत्र हामीले पनि ढल लैजान पाउनुपर्छ ।’

टोलका स्थानीय तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा। महेश आचार्यका अनुसार सेनाले जीवन्तनगर जोड्ने बाटोसमेत थुनेको छ । ‘हाम्रो नक्सामा सेनाले बनाएको प्लटिङस्थित सडकसम्म पुग्ने बाटो छ । तर, सेनाले त्यो बाटो पनि थुनेको छ,’ उनले भने, ‘हामी त्यही बाटो हुँदै ढल लैजान चाहन्थ्यौँ । बाटो नै थुनिएपछि ढल जोड्न सकिएन ।’

वडाको पत्रलाई सेनाले टेरेन

ढल निर्माण रोकिएपछि टोलवासी कीर्तिपुर–५ को वडा कार्यालय गुहार्न पुगे । मागपत्र बुझाए । त्यसैको आधारमा वडा कार्यालयका कार्यवाहक अध्यक्ष विक्रम महर्जनले असोज ७ मा भद्रकालीस्थित सेनाको कल्याणकारी निर्देशनालयलाई पत्र लेख्यो । तर, सेनाले त्यसलाई वास्ता गरेन । असोज ९ गते टोलवासी निर्देशनालय नै पुगे र मागपत्र दिए । त्यसपछि भने सेनाले केही दबाब महसुस ग(यो ।

केही दिनपछि निर्देशनालयले अध्ययनका लागि भन्दै सेनाका एक उच्च अधिकारी सुरेश सुब्बा र प्राविधिक निश्चल रायमाझीलाई प्लटिङस्थल पठायो । स्थानीयसँग उनीहरूले वार्ता गरे । प्लटिङको अध्ययन पनि गरे । तर, ढल निकासका लागि बाटो दिन सेना तयार भएन ।

टोल सुधार समितिका अध्यक्ष पौडेल भन्छन्, ‘हामीले ढल निकासका लागि सेनासँग धेरै अनौपचारिक पहल गर्यौ । काम भएन । त्यसपछि औपचारिक प्रयास पनि गर्यौ। वार्ता भयो, तर ढल निकासको अनुमति पाइएन ।’

ढल जोड्न नदिए प्लटिङमा लगेर छाडिने

ढल निकासको अनुमति नदिए पाँगा र जीवन्तनगरको ढल सेनाको प्लटिङमा लगेर छाडिदिने चेतावनी टोल सुधार समितिका अध्यक्ष पौडेलले दिए । ‘सहर हाइटमा छ । प्लटिङ ओरालोमा छ । पानी त ओरालोमा नै जाने हो,’ उनले भने, ‘सेनाले ढल निकास दिएन भने हामी आफ्नै लगानीमा ढल बनाउँछौँ र लगेर सेनाको प्लटिङमा छाडिदिन्छौँ । हामीसँग अर्को विकल्प छैन ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।