११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

मेची-काली विश्व अभियान सोलुखुम्बुबाट, अक्षय कोष १ अर्ब

मेची-काली विश्व अभियान सोलुखुम्बुबाट, अक्षय कोष १ अर्ब
अ अ+ अ-

काठमाडौं । ५ सय विद्यार्थीलाई खान, बस्नसहितको सुविधा दिएर निःशुल्क पढाउने लक्ष्यका साथ मेची–काली विश्व अभियान सोलुखुम्बुबाट शनिबार सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत महोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमबीच अभियानको उद्घाटन गरेकी हुन् ।

५ लाख व्यक्ति ५ हजार सरकारी कार्यालय र २५ राष्ट्रका नागरिकसामु पुगेर १ करोड व्यक्तिबाट प्रतिव्यक्ति सय रुपैयाँका दरले रकम उठाई १ अर्बको अक्षयकोष स्थापना गर्ने अभियानले लक्ष्य राखेको छ । त्यसको ब्याजबाट विपन्न वर्गका बालबालिकालाई खान, बस्नसहित निःशुल्क शिक्षा प्रदान गरिनेछ ।

‘मेची–काली विश्व अभियानमा सहभागी बनौं, सोलुखुम्बु बहुमुखी क्याम्पसका माध्यमद्वारा नेपाललाई विश्वमा चिनाऔं भन्ने मूल नाराका साथ २०७५ देखि २०८० सालसम्मको पाँच वर्षे अभियानको औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक विकासको अपार सम्भावना बोकेको सोलुखुम्बु जिल्ला भूगोल तथा अनुकूलतानुसार गुणस्तरीय प्राविधिक र व्यावसायिक शिक्षा प्रवद्र्धन गर्नुपर्ने बताइन् ।
त्यस्तै, क्याम्पसको अभियान सफल पार्न सहयोग गर्ने सहयोगी दातालाई धन्यवाद दिँदै राष्ट्रपतिले सो अभियानमा सबैलाई सहभागी हुनसमेत आग्रह गरिन् ।

क्याम्पसको रजत महोत्सवको अवसरमा आयोजित मेची–काली विश्व अभियानको औपचारिक उद्घाटन कार्यक्रममा राष्ट्रिय कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सोलुखुम्बु पुगेका थिए । क्याम्पसले लिएको अभियान सफल भएको खण्डमा नेपालसँगै विभिन्न देशका ट्राभल टुरिजम तथा माउन्टेनियरिङ विषय अध्ययन गर्न चाहनेलाई फाइदा हुने विश्वास लिइएको छ ।

प्रथम सगरमाथा आरोही विश्वविख्यात स्वर्गीय सर एडमन्ड हिलारीको आर्थिक सहयोगमा २०२७ सालका एसएलसी बोर्ड फस्ट आङरिता छिरिङ शेर्पाको विशेष पहलमा २०५० सालमा स्थापना भएको सोलुखुम्बु जिल्लाकै जेठो सोलुखुम्बु बहुमुखी क्याम्पसले नेपालका ७७ वटै जिल्लासँगै विभिन्न २५ वटा राष्ट्रमा सो अभियान सञ्चालन गर्न समितिसमेत गठन गरिसकेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँ, संघीय सांसद हेमकुमार राईलगायतले अभियान सफलताको शुभकामना दिएका थिए । त्यस्तै, प्रदेश सरकारका तर्फबाट शुभकामना दिँदै सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो अभियान सफल पार्न आगामी दिनमा आर्थिक सहयोग गर्नेसमेत प्रतिबद्धता जनाए ।

हाल शिक्षा तथा व्यवस्थापन संकायको पढाइ भइरहेको सो क्याम्पसमा इन्जिनियरिङ, मेडिकल साइन्स, कृषि, फरेस्ट्री, होटल व्यवस्थापन, पत्रकारिता पढाइ हुँदै आएको छ । यससँगै स्वदेशी तथा विदेशी विद्यार्थीका लागि स्नातक तहमा ब्याच्लर अफ ट्राभल टुरिजम तथा माउन्टेनियरिङ र स्नातकोत्तरमा मास्टर अफ ट्राभल टुरिजम तथा माउन्टेनियरिङको पढाइ सुरु गर्ने लक्ष्य लिएको क्याम्पसले अभियान सफल पार्न विभिन्न दातासँग सहकार्य गर्ने भएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटनकै दिन १ करोड ४५ लाखभन्दा बढी सहयोग प्राप्त भएको क्याम्पस प्रमुख उद्धवकुमार शर्माले जानकारी दिए । कार्यक्रम क्याम्पस सञ्चालक समिति अध्यक्ष आङरिता छिरिङ शेर्पाको अध्यक्षतामा भएको थियो । राजधानी दैनिकमा खबर छ ।