२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

समान मूल्य–मान्यता भएका दल एक हुनुपर्नेमा प्रधानमन्त्रीको जोड



file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा कम दल हुनु फलदायी हुने बताउनुभएको छ ।

बुधबार भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ’तीनवटा पार्टी मिलेर एकता गर्नुभएको छ। यसका लागि धन्यवाद, नेपालमा जति कम पार्टी भयो, त्यति राम्रो हो।’

प्रत्येक पार्टीमा आ–आफ्नै मूल्य–मान्यता हुने भएकाले एकै मान्यता भएका दलहरू एक हुन आवश्यक रहेकोमा उहाँको जोड थियो । 

पार्टीहरुबीचमा आगामी दिनमा राष्ट्रियताको मुद्दामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको समेत उहाँले बताउनुभयो ।