१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० किलो चरेससहित ३ जना पक्राउ



अ+ अ-

बुटवल । बुटवल बसपार्कबाट ३० किलो चरेस सहित ३ जना पक्राउ परेका छन् । आलुको बोरामा लुकाएर ल्याउँदै गरेको चरेस प्रहरीले नियन्त्रणमा लिएको हो ।

अपराध अनुसन्धान ब्युरो प्रदेश ५ ले ३० केजी चरेससहित मकवानपुरका शंकर वाईबा , राजु कुमार स्याङताङ र ईन्द्रमान तामाङलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसीपी डिल बहादुर मल्लले बताए ।