४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

३४औँ विश्व एड्स दिवस : एड्स कम गर्न जनचेतना बढाउनुपर्नेमा जोड

३४औँ विश्व एड्स दिवस : एड्स कम गर्न जनचेतना बढाउनुपर्नेमा जोड
अ+ अ-

सप्तरी । असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ आज राजविराजमा ३४औँ विश्व एड्स दिवस मनाइएको छ । र्‍यालीसहित राजविराज नगरपरिक्रमा गरे पश्चात् आयोजित अन्तक्र्रियमा एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउनुपर्नेमा वक्ताले जोड दिनुभएको छ । 
    
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले एड्स सङ्क्रमितलाई फरक दृष्ट्रिकोणले हेर्न र असमान व्यवहार गर्न नहुने बताउनुभयो । सही औषधिको प्रयोग र नियमित जाँचबाट एचआइभी सङ्क्रमण भएको व्यक्ति पनि अब स्वस्थ व्यक्ति सरह वर्षौं एड्स नभइ बाँच्न सक्ने बताइएको छ । 

एआरटी थेरापी लिएमा एड्स सङ्क्रमितले पनि सामान्य व्यक्ति सरह जीवनयापन गर्नसक्ने यादवले बताउनुभयो । सप्तरीमा आर्थिक वर्ष २०७५/७६ मा ५९.९३, २०७६/०७७ मा ४६.८६ र  ०७७/०७८ मा ४३.३३ प्रतिशत गर्भवती महिलाले मात्र एड्स जचाएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

 शतप्रतिशत गर्भवती महिलाले जचाउँनुपर्नेमा जचाउँने महिलाको प्रतिशत कम भइरहेकामा सरोकारवालाले चिन्ता प्रकट गर्नुभयो । पोजिटभ आएको सङ्ख्या भने क्रमशःबढदै गएको छ । एचटिसी कार्यक्रमअन्तर्गत २०७५/७६ मा ११, २०७६/७७ मा १२ र  २०७७/७८ मा ३२ जनाको रिपोर्टिङ्ग हुनु डरलाग्दो कुरा भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जोखिमयुक्त क्षेत्र खोज्नु र तोक्नुपर्ने भन्दै सहयोगी समाजका कोर्डिनेटर पदम लामिछाने क्षेत्रीले एआरटिले शरीरमा एचआइभीको सङ्ख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्ने बताउनुभयो । चिकित्सकसँग सल्लाह र एआरटी सेवालाई निरन्तरता दिनुपर्नेमा क्षेत्रीले जोड दिनुभयो ।
    
प्राणघातक र पापकर्मका कारण नभइ एड्स सङ्क्रमितको रगत कुनै कारणले अन्य व्यक्तिमा पुग्दा सङ्क्रमित हुने जनाउँदै महिला सचेतना समाजकी सुनिता साहले अगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने वा जुठो खाँदैमा एचआइभी सङ्क्रमण नसर्ने बताउनुभयो । 
    
असुरक्षित यौनसम्पर्क, एउटै सुई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्ने जानकारी दिँदै उहाँले नियमित चिकित्सकसँगको जाँच र औषधिको सेवनले सङ्क्रमितले सामान्यजीवन बिताउनसक्ने बताउनुभयो । सन् १९८८ देखि प्रत्येकवर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाउने गरिन्छ । 

एचआइभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन दिवस मनाउने गरिएको निलहिरा समाजका रामप्रकाश चौधरीले बताउनुभयो । दिगो विकास लक्ष्यअन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआइभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बाँकेमा बर्सेनि बढ्दै एचआइभी-एड्स सङ्क्रमित

बाँकेमा एचआइभी÷एड्स रोगको सङ्क्रमण बर्सेनि बढ्दो क्रममा रहेको छ । पछिल्लो एकवर्षमा मात्रै बाँकेमा ११७ एचआइभी एड्स सङ्क्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी÷एड्स स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकेमा आर्थिक वर्ष २०७४/७५ मा ५० जना नयाँ सङ्क्रमित थप भएकामा २०७५/०७६ मा ८९ जना २०७६/७७ मा ११६ र २०७७/ ७८ मा ११७ नयाँ सङ्क्रमित थप भएका छन् । बाँकेमा विसं ७४/७५ मा एक हजार १२, २०७५/७६ मा एक हजार १०१, ७६/७७ मा एक हजार २१७ र २०७७/७८ मा एक हजार ३३४ जनामा एचआइभी एड्सको सङ्क्रमण देखिएको छ । 

बाँकेका ५१० सङ्क्रमितले भेरी अस्पतालबाट एआरटी सेवा र ३२६ सङ्क्रमितले अन्य सेवा लिइरहेका छन् । स्वास्थ्य बीमा बनाएका कारण उपचारमा सहज भएको भेरी अस्पतालका एचआइभी-एड्सस्रोत व्यक्ति डा सङ्केतकुमार रिसालले बताउनुभयो । 

उहाँका अनुसार ४५२ सङ्क्रमितले स्वास्थ्य बीमा बनाएर निःशुल्क सेवा लिइरहेका छन् । एचआइभी सङ्क्रमण दर घटाउन अस्पतालले सुईबाट लागुऔषध सेवन गर्नेलाई मौखिक पद्धतिबाट लागुऔषध दिने गरेको छ । भेरी अस्पतालबाट ८० लागुऔषध प्रयोगकर्ताले मौखिक पद्धतिबाट लागुऔषध सेवन गर्दै आएका छन् । एचआइभी सङ्क्रमित गर्भवती महिलाबाट जन्मिने बच्चामा एचआइभी सङ्क्रमण हुन नदिन अस्पतालमा पिएमटिसिटी सेवा लागू गरिएको डा रिसालले बताउनुभयो । 

विश्व एड्स दिवसको अवसरमा बाँकेमा आज जिल्ला स्वास्थ्य कार्यालय, भेरी अस्पताल, नेपालगञ्ज उपमहानगरपालिका र एचआइभी-एड्सको क्षेत्रमा काम गर्ने सामाजिक सङ्घ संस्थाले संयुक्त रुपमा सचेतनामूलक कार्यक्रम गरेका छन् । (रासस)