१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने



अ+ अ-

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिए ।

यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि उहाँ र कम्युनिष्ट पार्टी(नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायत नेताले पनि सम्बोधन गर्ने नेकपा प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले बताए ।