१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राप्रपाको महाधिवेशनमा सीपी मैनाली र प्रचण्डको घोचपेच (भिडियो सहित)

राप्रपाको महाधिवेशनमा सीपी मैनाली र प्रचण्डको घोचपेच (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन समारोहमा दुई कम्युनिष्ट पार्टीका नेता शुभकामना दिन अतिथिका रुपमा निम्त्याइएका थिए ।  राप्रपाको सभामा राष्ट्रवादको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा मालेका महासचिव सीपी मैनालीबीच रोचक आरोप प्रत्यारोप चल्यो । 

माले महासचिव मैनालीले पृथ्वीनारायण शाहपछि नेपालको सबैभन्दा राष्ट्रवादी मान्छे तत्कालीन राजा महेन्द्र भएको बताएपछि दुबै नेताबीच जुहारी नै चलेको थियो ।  शुरुमै बोल्न मञ्चमा आमन्त्रण गरिएका मैनालीले भन्नुभयो,  ‘नेपाललाई भारतमा गाभिएको सिक्किम वा भुटानजस्तो हुनबाट रोक्नको निम्ति पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने ती राजा महेन्द्र हुन् । दिल्ली सम्झौतामा उल्लेख विधान सभा भएको भए नेपाल त्यतिबेलै भारतमा गाभिन्थ्यो।’ 

नेता मैनालीले विदेशी हस्तक्षेपलाई अस्वीकार गर्ने नेता तत्कालीन राजा महेन्द्र नै भएको बताउनु भयो । राजतन्त्रका बारेमा उहाँले २०१७ साल पुस १ गतेको कदम दक्षिणपन्थी राष्ट्रवादी कदम भएको बताउनुभयो । 

२०४६ साल र २०६३ सालको परिवर्तनसँगै विदेशी हस्तक्षेप बढेको र  माओवादी आन्दोलनले पनि विदेशीको भारी बोकेको मैनालीले आरोप लगाउनु भयो ।  मैनालीले भन्नुभयो,  ‘राष्ट्रवादी, कम्युनिष्ट, लोकतन्त्रवादी वा जुनसुकै विचारका भएपनि देशभक्तहरु मिल्नुपर्ने देखिन्छ । तबमात्रै यो मुलुकको उद्धार हुन्छ ।’

मैनाली पछि शुभकामना दिन मञ्चमा पुग्नु भएका प्रचण्डले एमालेको महाधिवेशनको आलोचना गर्दै मैनाली माथि खनिनु भयो । उहाँले मैनालीलाई व्यंग्य गर्दै प्रश्न गर्नुभयो, राप्रपाको अध्यक्ष बन्न लागेको हो ? 

उहाँले भन्नुभयो,  ‘राजतन्त्र निरंकुश भएकोले हटाउनुपर्छ भनेर टाउको काट्ने आन्दोलनको सुरुवात सीपी मैनालीजीहरूले नै गरेको हो । अहिले आएर राजा महान् भन्दिनु भो । मलाई लाग्यो सीपीजी राप्रपाको अध्यक्ष बन्न पो खोजेको हो कि ? हो भने शुभकामना छ ।’