४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने
अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताउनु भएको छ । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने बताउनुभयो ।

अर्थमन्त्री शर्माले एमडीएमएस प्रणाली लागू भएपछि विभिन्न देशबाट अबैध रुपमा नेपालमा आयात मोवाइल फोन बन्द हुने बताउनु भयो । उहाँले अबैध रुपमा हुने पैठारी रोक्नुपर्ने दायित्व सरकारका भएको बताउनुभयो । सरकार आफ्नो दायित्वबाट पछि नहट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अबैध रुपमा आयात हुने मोबाइल फोन रोक्ने एमडिएमएसबारे वितरक संघ मार्फत हिजो मात्रै थाहा पाएँ । यो विषयमा थाहा पाउने वितिकै तत्काल लागू गर्न निर्देशन दिइसकेको छु । तर, विदेशबाट बैधानिक रुपमा मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न कठिन छ । नेपालको अर्थतन्त्र रेमिट्यान्स मार्फत चलाइरहेको छ । नेपालबाट विदेशी भूमिमा ५० डिग्रीको तापक्रममा काम गरेर राज्यलाई रेमिट्यान्स पठाउने गर्दछन्। यसरी विदेशमा दुःख गरेर नेपाल फर्किनेहरुलाई एउटा फोन पनि राज्यले ल्याउन नदिनु उनीहरु माथि अन्याय हुन्छ । एउटा ल्याउन दिएमा एउटाबाट अर्को एयटा हुदै धेरै हुने समस्या उत्पन्न भएको छ । यसरी अहिले ३० प्रतिशतसम्म मोवाइल फोन अबैध रुपमा आयात हुने गरेको छ । यसलाई थप व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ ।’

अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रुपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताउनु भयो । उत्पादनमुखी अर्थतन्त्रले मात्रै राष्ट्र सबल बन्नसक्ने बताउनुभयो । अब मोवाइल पनि नेपालमा नै उत्पादन गर्न व्यवसायीलाई आग्रह गर्नु भयो । उहाँले नेपालमा  मोबाइल फोन उत्पादन गर्न राज्यले कर छुट देखि अन्य  धेरै सुविधा दिन तयार रहेको बताउनुभयो । अर्थमन्त्री शर्माले भन्नुभयो,‘मोबाइल व्यवसायीले पनि उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ । नेपाली ब्राण्डको मोबाइल फोन उत्पादन गर्ने व्यवसायी तयार हुनुपर्छ । अब व्यवसायीले आयात पनि गरेर पनि बेच्ने र उत्पादनमा पनि लगानीको सुरुवात गर्नु पर्छ । बैंक तथा वित्तीय संस्थाले पनि आयातमात्रै नभएर उत्पादनका उद्योगमा पनि लगानी गर्ने आवश्यक छ । त्यसको लागि नेपाल उद्योग वाणिज्य महासंघले पनि पहल गर्नुपर्छ । सबै व्यवसायी क्षेत्र उत्पादनको क्षेत्रमा लाग्दा त्यहीबाट अर्थतन्त्र सुधार हुनसक्छ ।’

अर्थमन्त्री शर्माले मोबाइलमा फोनको लागि मात्र नभएर विभिन्न सुविधा रहेको भन्दै त्यसलाई चलाउनको लागि क्षमति वृद्धि गर्नुपर्ने पनि बताउनु भयो । मन्त्री शर्माले मोबाइल आवश्यकताको वस्तु भइसकेकाले यसलाई सरकारले कुनै विसिमको हस्तक्षेप गर्न सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले मोबाइल फोन बिलासिताको बस्तु भए सरकारले कडाइ गर्दैन व्यवसायी ढुक्क हुुन आग्रह गर्नु भयो । त्यस्तै,अर्थमन्त्री शर्माले आजको विश्व डिजिटल बनिसकेकाले नेपाललाई पनि सरकारले डिजिटल नेपाल बनाउने अभियानमा रहेको बताउनुभयो ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मोबाइल फोन बिलाशिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताउनुभयो । उहाँले व्यवसायी क्षेत्र मुलुुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले बैंक तथा वित्तीय क्षेत्रसँग सँगै सहकार्य र लगानी गर्ने तयार रहेको बताउनुभयो ।

नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबार देखि काठमाडौंमा सुरुभएको छ ।