१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमिक्रोन भेरियन्टको त्रासः अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह



अ+ अ-

काठमाडौं । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र साबधानी अपनाउन आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै समयमै सावधानी अपनाई नेपालमा सो भेरियन्ट प्रवेश हुन नदिन स्वास्थ्य मन्त्रालय तथा सबै निकाय तिब्र रुपमा एक भएर काम गरेको जानकारी दिएका छन् । 

‘कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न हुन तथा साबधानी अपनाउनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।