• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

घर पुर्याइदिन्छु भन्दै बालिकालाई करणी गर्न खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ



जनकपुरधाम । बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जनकपुरधाम १२ रामस्वरुप टोल बस्ने १० बर्षीया बालिकालाई जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भएका ५० वर्षका सञ्जय ठाकुरलाई पक्राउ गरिएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

जनकपुरधाम ४ मा बस्दै आएका ठाकुरले घर पुर्याइदिन्छु भन्दै ती बालिकालाई रामसागर बहुमुखी क्याम्पस अगाडि करणी गर्न खोजेका थिए ।

ठाकुरा माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।