८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

७३४१ कर्मचारीको समायोजन सकियो, कति कर्मचारी कहाँ ? (सूचीसहित)



अ+ अ-

काठमाडौँ । सरकारले ७ हजार ३४१ कर्मचारीहरुको समायोजन सकेको छ । हालसम्म समायोजन सकिएको ७ हजार ३४१ कर्मचारीहरुमध्ये संघमा समायोजन भएकाहरुको संख्या ५ हजार ६९१ छ ।

९०७ जनाको प्रदेशमा र ७४३ जना स्थानीय तहमा समायोजन भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समायोजन महाशाखाले सबैभन्दा पहिले सचिवबाट समायोजनको काम सुरु गरेको थियो । सचिव, सहसचिव, उपसचिवको समायोजन पूर्णरुपमा सकिइसकेको छ ।

कर्मचारी समायोजन महाशाखा प्रमुख एवम् सहसचिव केदार पनेरुका अनुसार अब अधिकृतका अन्य समूहसँगै लेखापाल, सहलेखापाल, नायब सुब्बा र खरदारको समायोजनको काम पनि सुरु गर्ने तयारी छ ।

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो ।


यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । ६६२ सहसचिवमध्ये सङ्घमा ५६० र प्रदेशमा १०२ तथा उपसचिवमध्ये सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चारको समायोजन गरेको थियो ।

मन्त्रालयले यही फागुन ३ गते समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको हो । प्रवक्ता अधिकारीका अनुसार कृषि, वन, स्वास्थ्य र इञ्जिनीयर सेवाको शाखा अधिकृतको समायोजन गर्न भने बाँकी छ ।

सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

अहिले अधिकृतको समायोजनको काम जारी छ । अधिकृततर्फ प्रशासन, लेखा र राजश्व समूहको समायोजन सकिएको छ ।

सूची तल हेर्नुहोला

https://samayojan.gov.np/site/result-published?fbclid=IwAR2FAvtjUzQ7tBpZ7UPyFltIdiqGVGSRgGvEVBWCuleBI0fV3fnEhXfM0NM