१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाइप्रोफाइल दुर्घटना : प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु



अ+ अ-

काठमाडौँ । बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यसअघि १२ माघमा भट्टराईको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किँदा सशस्त्र प्रहरी बलका एसपी बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो भने भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए ।

भट्टराईकाे  निधनकाे पुष्टि  उनका भाइ नरेश भट्टराईले गरेका छन्