२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागवत वाचक उत्तम भट्टले १२ लाख ऋण नतिरेको भन्दै होमकुमारी आइन् मिडियामा



अ+ अ-

काठमाडौं । नुवाकोट लिखु नगरपालिका–५ की ५० वर्षीया होम कुमारी ओझाले ज्वालामुखी गाउँपालिका–४ धादिङका ३१ वर्षीय भागवत वाचक उत्तम भट्टले आफ्नो १२ लाख रुपैयाँ ऋण लगेर अहिलेसम्म नतिरेको र लिएकै छैन् भन्दै हिँडेकोमा आपत्ति जनाएकी छिन् ।

ओझाले २०७० सालमा ६ रोपनी २ आना खेत बन्धक राखेर भट्टलाई घर खर्च र व्यवसाय सञ्चालनको लागि ६ महिनाको समायावधि दिएर ऋण–सापटी दिएको तर केही समयममै भट्ट सम्र्पकविहिन भएको दाबी गरिन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ओझाले २०७० सालमा नुवाकोटकै खेत बन्धक राखेर नगद १२ लाख रुपैयाँ दिएको सुनाइन् । उनले पैसा लिइसकेपछि भट्ट भागी–भागी लुकेर हिडेको बताइन् ।

लामो समयको खोजीपछि भट्टलाई २०७४ साल पुस ३० गते कलंकीस्थित उनकै कार्यालय ९विश्व भागवत धर्म०मा भेट्टाएर श्याम अधिकारी र हरीशरण नेपाललाई साक्षी राखेर असार मसान्तभित्रमा रकम फिर्ता दिने कागज गरेको बताइन् । उनले भनिन्, ‘१२ लाख रुपैयाँ असार मसान्तमा तिर्छु भन्दै उहाँकै अफिस कलंकीमा गएर कागज गरेको हो तर उल्टै मैले पैसा लिएकै छैन् भन्दै हिडेका छन् । कागज गरेपछि जिल्ला प्रशासन कार्यालयमा गएर मैले पैसा लिएकै छैन् त्यसै आरोप लगाइयो भनेछन् ।’

कागज गरेको भएपनि आफुलाई फोटोकपी दिएको बताउँदै उनले भनिन्, ‘अहिले त्यो कागज लिएर मुद्दा लड्न गयो भने पनि प्रशासनले ७० हजार त विगो अनुसार लाग्छ भन्छ, मैले कहाँबाट ल्याउने त्यो पैसा । पैसा मसँग छैन् अहिले मैले खान त माग्दै हिड्न परेको छ । त्यसकारण मैले कसरी न्याय पाउछु त्यो सरकारले मिलाइदिनुपर्यो ।’

होमकुमारीले आफु र भाईको हकमा रहेको पैत्रिक सम्पत्ति ६ रोपनी २ आना खेत पास गरी लिएको ऋणले आफु समस्यामा परेको बताइन् । भाईसँगको संगोलको सम्पत्ति फुकुवा गर्न नसक्दा परिवार सुकुम्बासी हुने डर लागेकोमा चिन्ता गरिन् ।  

कानुनी रुपमा जान खोज्दा भट्टले उल्टै आफुलाई धम्क्याएको उनले आरोप लगाइन् । उनले भनिन्, ‘कसरी उठाउनु हुदो रहेछ शान्ति सुरक्षामा खलबलाएमा मैले जानेको छु भन्छन् । रिपोर्टर्स क्लबमा गएर तपाईको कुरा राखेको छु भनेर धम्काउने गर्छन् मलाई ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संघको नेतृ पुष्पा न्यौपानेले उत्तम गुरुलाई चिनेको ७ वर्ष भएको बताइन् । सप्ताह लगाउदै गुरुसँगै होमकला ७ वर्ष सँगसँगै हिडेको र होमकलाको पैसा लिएर पनि गुरुले लिएको छैन् भन्दै हिडेको बताइन् । 

गुरुलाई आफुले भेटेर कुरा गर्दा जबरजस्ती कागज गराएको बताएपनि आफुलाई भने शंका लागेको सुनाइन् । उनले भनिन्, ‘साच्चै गुरु अन्यायमा परेको हो भने किन कानुनी कारवाहीमा अगाडी बढाउदैन् । होमकलासँग गुरुले पैसा लिएकै हो । उनका सबै बोली व्यवहारले स्पष्ट देखिन्छ ।’