५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लौ पशुपति शर्मा धेरै धन्यवाद ,मलाई पनि तपाईकै शैलीमा एउटा व्यंग्य गित फुर्‍यो



अ+ अ-

लुट्न सम्म लुट देश ,लुट्न सम्म लुट
धेरै बिरोध नगर ,चुप लागेर सुत !!

हाम्रा सन्तति बोर्डिङ स्कुल तिम्लाई केको खसखस
हाम्रा महल देखेर नगर है कचकच
सक्छौ भने गरिखाउ कस्ले छेक्या छ र
न सक्छौ त खाडी जाउ उतैतिर मर

लुट्न सम्म लुट देश लुट्न सम्म लुट
धेरै बिरोध नगर,चुप लागेर सुत

गणतन्त्र हामीले ल्यायौ तिमीलाई केको खाँचो
हामीले नै लिएका छौ यो देशको साँचो
अनेक गर्‍यौ हामीले फालेकै हो राजा
बकबक धेरै नगर है ,बज्ला तिम्रो बाजा

लुट्न सम्म लुट देश ,लुट्न सम्म लुट
धेरै बिरोध नगर ,चुप लागेर सुत !!

जहाज खान्छौ,हाइड्रो खान्छौ तिमी हेरी बस
राजमार्ग खान्छौ ,देशै खान्छौ चुप लागेर बस
हाम्ले चढ्ने जहाज ,गाडीको किन गर्छौ रिष
बकाबक धेरै नगर है हालिदिउला केस

लुट्न सम्म लुट देश ,लुट्न सम्म लुट
धेरै बिरोध नगर ,चुप लागेर सुत !!

नाफाखोर र तस्करलाई हामी माया गर्छौ
दस्तुरी र कमिसन उनै बाट बुझ्छौ
यसै बाट चलेको छ,हाम्रो घरबार
मौका मिले बनाउछौ हाम्ले दरबार

लुट्न सम्म लुट देश,लुट्न सम्म लुट
धेरै बिरोध नगर,चुप लागेर सुत

तिम्रा सन्तान बाउबाजे यसैगरी मरुन
बिकास बिकास भट्याएर बैतरणी तरुन
दिनदिन सुनेकै छौ भब्यभब्य भाषण
धरै जोरी नखोज है देख्लास मेरो शासन

लुट्न सम्म लुट देश ,लुट्न सम्म लुट
धेरै बिरोध नगर ,चुप लागेर सुत !!

महादेव पोखरेल