१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजादेखि विप्लव माओवादी अटाउने मौलिक प्रजातन्त्र खोजेका छौंः कमल थापा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र खोजेको बताएका छन् । 

भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

आफूहरुले राजादेखि विप्लव माओवादी अटाउने मौलिक प्रजातन्त्र खोजेको उनको भनाई थियो । थापाले आफूहरु अब पूर्ण रुपमा पछि फर्कन नलागेको भन्दै अग्रगामी र मध्यमार्गी विचारमा अडिग रहेको उल्लेख गरे ।

 नेपालमा साझा संस्थाको रुपमा राजसंस्था हुनुपर्ने थापाको भनाई छ । आफूहरु निरंकुश राजतन्त्रको पक्षमा नभएको भन्दै राजा अभिभावकको भूमिकामा हुनुपर्ने बताए । 

उनले राप्रपा कुनै धर्मको विरोधी नभएको बताउँदै सबै धर्मको सम्मान गर्ने पार्टी रहेको बताए। यद्यपी, नेपालीहरुको पहिचान हिन्दू धर्म भएकोले हिन्दू राज्यको पक्षमा आफूहरु रहेको प्रष्ट पारे।

उनले देशको राष्ट्रियता तथा राष्ट्रिय अस्मिता संकटपूर्ण अवस्थामा रहेको बताउँदै बाह्य शक्तिको प्रभाव बढेको र विदेशीको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा भएको उनले बताए ।