१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि

आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि
अ अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । 

गत आवको सुरुको चौमासिकमा रु चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुकको वैदेशिक व्यापार चालु आवको सो अवधिमा रु सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख आठ हजार पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गत आवका तुलनामा आयात ६१ दशमलव ५७ प्रतिशतले बढेको छ । गत आवको पहिलो चार महिनामा रु चार खर्ब दुई अर्ब ४९ करोड एक लाख ७८ हजार मूल्य बराबरको आयात भएकामा चालु आवको कात्तिक मसान्तसम्म रु छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजार पुगेको छ । 

त्यस्तै गत आवको पहिलो चौमासिकका तुलनामा चालु आवको निर्यात १०४ दशमलव २९ प्रतिशतले बढेको छ । गत आवको पहिलो चौमासिकमा रु ४० अर्ब दुई करोड ६४ हजारको निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा रु ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजारको निर्यात भएको छ । 
    
विभागका अनुसार चालु आवको कात्तिकसम्म व्यापार वृद्धि भए पनि मुलुकको व्यापार घाटा ५६ दशमलव ८३ प्रतिशतले बढेर रु पाँच खर्ब ६८ अर्ब १७ करोड १८ हजार पुगेको छ । गत आवको पहिलो चार महिनामा व्यापार घाटा रु तीन खर्ब ६२ अर्ब २९ करोड एक लाख १३ हजार थियो । 

गत आवको पहिलो चौमासिकसम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ९२ प्रतिशत रहेकामा यस्तो हिस्सा दुई दशमलव ३४ प्रतिशतले घटेर चालु आवमा ८८ दशमलव ७९ प्रतिशतमा आएको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २३ दशमलव ४८ प्रतिशतले बढेको छ । गत आवको कात्तिक मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा नौ दशमलव ०८ रहेकामा चालु आवमा ११ दशमलव २१ प्रतिशत पुगेको छ ।

चार महिनाका अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जनाएको छ । चालु आवको पहिलो चार महिनामा रु ३४ अर्ब ३३ करोड २१ लाख ९७ हजार बराबरको डिजेल आयात भएको देखिन्छ । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ । 

नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनःनिर्यात गर्दै आएका छन् । चालु आवको पहिलो चार महिनामा करिब १७ करोड लिटरभन्दा बढी भटमासको तेल रु २७ अर्ब २२ करोड ७१ लाख ९५ हजार मूल्य बराबरको आयात भएकोे छ । त्यस्तै टेलिफोन रु २० अर्ब ३५ करोड ८६ लाख १६ हजार, पाम आयल रु १९ अर्ब १७ करोड ५७ लाख २८ हजार र पेट्रोल रु १८ अर्ब ६६ करोड ६५ लाख ९४ हजारको आयात भएको विभागले जनाएको छ । नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै  देखिएको छ । 

विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कानुसार स्वदेशबाट रु २६ अर्ब ४० करोड ११ लाख एक हजार मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि हो ।

सार्वजनिक विवरणानुसार चालु आवको पहिलो चार महिनामा रु १९ अर्ब दुई करोड ३० लाख ९० हजार मूल्य बराबरको पाम तेल निर्यात भएको छ । रु तीन अर्ब ९३ लाख १७ हजार बराबरकोे गलैंँचा तथा रु दुई अर्ब ३१ करोड ५५ लाख ७८ हजार मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ ।

विभागको विवरणानुसार सबैभन्दा धेरै वीरगन्ज नाकाबाट रु दुई खर्ब २३ अर्ब ९० करोड ५० लाख ७४ हजार मूल्य बराबरको आयात तथा भैरहवा नाकाबाट रु एक खर्ब छ अर्ब ४८ करोड ८३ लाख ३० हजार र त्रिभुवन विमानस्थल नाकाबाट रु ८१ अर्ब ७० करोड ९१ लाख ५६ हजार बराबरको वस्तु आयात भएको छ ।

त्यस्तै नेपालले निर्यातमा वीरगन्ज भन्सारबाट रु ३९ अर्ब ५६ करोड ३४ लाख ५० हजार, विराटनगर भन्सारबाट रु २२ अर्ब ५१ करोड ४७ लाख ५२ हजार तथा त्रिभुवन विमानस्थल नाकाबाट रु ११ अर्ब ७५ करोड ४१ लाख ३५ हजार बराबरको वस्तु विदेश निर्यात गरेको छ । (रासस)