१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइफाइको पासवर्ड कसरी थाहा पाउने ?



अ+ अ-

काठमाडौँ । अहिलेको डिजिटल समय मा हामी सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा वाइफाइबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर कतै जादा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ ।

यस्तै स्थिति मा कसैको वाइफाइ पासवर्ड थाहा पाउन पाए १ पक्कै रमाइलो हुन्छ । कलेज,सपिंग मल वा सिनेमा हलमा वाइफाइका ओपन नेटवर्क हुने गर्छन् । तर पासवर्ड विना इन्टरनेट चलाउन पाइँदैन । तर तपाइँले सहजै यस्ता नेटवर्कका पासवर्ड थाहा पाउन सक्नु हुन्छ ।

पब्लिक वाई–फाईको पासवर्ड थाहा पाउने तरिका यस प्रकार छ

१. बेष्ट वाइफाइ नेटवर्क ह्याकर
यो एप बनाउने कम्पनीले जस्तो सुकै पासवर्ड पनि आफ्नो एप्लिकेसनबाट एन्क्रिप्शन तोडेर पत्ता लगाइदिने दावी गर्छ । यो एप पब्लिक वाइफाइलाई पासवर्ड ह्याक गर्न चर्चित मानिन्छ ।

२. हाऊ टू ह्याक वायरलेस नेटवर्क
यो पनि अर्को एप हो । जसले वाइफाइ पासवर्ड ह्याकिङको ट्यूटरियल जस्तै काम गर्छ । यसलाई ऐथिकल ह्याकिङ समेत भनिएको छ । यसले वाइफाइ पासवर्ड प्रोटेक्सनका लागि बनाइएको एल्गोरिथम ह्याक गर्न पनि सिकाउँछ ।

३. वाइफाइ ह्याकर
वाइफाइ ह्याकर बीएनजी पनि चर्चित पासवर्ड ब्रेकिङ एप हो । यो एप इन्स्टल गरेपछि ओफन वाइफाइ नेटवर्क रेञ्जमा जानुस् र यसले तपाइँको चाहाना पुरा गरिदिन्छ ।

४. ह्याक वाई–फाई पासवर्ड
यो एप पनि गुगल प्लेमा निशुल्क उपलब्ध छ । यसले केही सेकेण्डमा बाइफाइ पासवर्ड पत्ता लगाउन सहयोग गर्छ । तपाइँलाई अचम्म लाग्ला अहिले सम्म १० लाख भन्दा बढी मानिस यो इन्स्टल गरिसकेका छन् ।

५. फाइण्ड माइ राउटर्स पासवर्ड
डिफल्ट पासवर्ड रिकभरी, म्यानुअल पासवर्ड रिकभरी तथा डिक्सनरी पासवर्ड रिकभरी जस्ता फङ्कसन भएको यो एप तपाइँका तपाइँका लागि फाइदाजनक हुन सक्छ । नयाँ राउटर किनेपछि यसको पासवर्ड थाहा नहँदा समेत यो एपले पत्ता लगाइदिन सक्छ