१५ भाद्र २०८३, सोमबार
,
Latest
हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा सर्वसत्तावाद र निरंकुशताको बादल मडारिन थाल्यो : नेता कोइराला



अ+ अ-

काठमाडौँ ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सर्वसत्तावाद र निरंकुशताको बादल मडारिन थालेको बताएका छन् ।

६९औं प्रजातन्त्र दिवसको अवसरमा एक वक्तब्य जारी गर्दै नेता कोइरालाले मुलुकमा अहिले लोकतन्त्र, राष्ट्रियता र सार्वभौमिकता संकटमा परेको बताए। इतिहासकै संकटपूर्ण अवस्थामा आइपुगेको कारण मुलुकलाई बचाउन थप जिम्मेवार बन्ने बोला आएको उनले बताए ।

‘सर्वसत्तावाद र निरंकूशताको बादल देखिन थालेको छ’, कोइरालाले भनेका छन्, ‘जसले गर्दा सहिदहरूको रगतसॅग साटिएको जनआन्दोलनका उपलब्धी गुम्ने खतरा बढेर गएको छ।’

कोइरालाले शुभकामनाका क्रममा लोकतन्त्रका पक्षमा र निरंकूशताविरुद्ध लड्न सक्ने शक्तिका लागि पनि कामना गरेका छन् ।