२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश हटाउने उपाए खोज्दै नेपाल बार, माओवादी अध्यक्ष दाहालसंग छलफल



अ+ अ-

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले राजनीतिक दलहरुको साथ खोजेको छ । आफूहरुको पहलबाट मात्र प्रधानन्यायधीह हटाउन नसकने निष्कर्षमा पुगेको बारले बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदिय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सहयोग मागेको छ ।

बार एशोसियसनका पदाधिकारीहरुले संसदिय दलको कार्यालय सिंहदरबारमा भेट गरि अदालतमा भएको असहज अवस्था र राजनैतिक दलहरूले लिनुपर्ने पहलका बारेमा ध्यानाकर्षण गराएको छ । बारको कुरा सुनेपछि प्रचण्डले आफुहरु अदालतको स्वच्छता, निष्पक्षता र स्वतन्त्रताबारे सधैं सजग र सचेत रहेको,र गठबन्धनको तर्फबाट यथासिघ्र समस्या समाधान गर्न सम्बन्धित जिम्मेवार पक्षलाई अपिल पनि गरेको जानकारी गराउनुभयो ।

उहाँले आजसम्म न्यायलयको समस्या समाधान नभएकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको र अब के गर्ने भन्नेमा गठबन्धन र दलहरू बीच छलफल गरि अघि बढ्ने जानकारी गराउनु भएको थियो ।