१५ भाद्र २०८३, सोमबार
,
Latest
हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी पीडितलाई करूणाको सहयोग



अ+ अ-

इलाम । नगरपालिका–९ निवासी आगलागीपीडित दुर्गा पौडेललाई अपाङ्गता क्षेत्रमा कार्यरत करूणा फाउण्डेशन नेपालमा कार्यरत कर्मचारीले रु १३ हजार सहयोग गरेका छन् ।

करूणा फाउण्डेशन नेपालले स्थापना गरेको आकस्मिक कोषबाट रु पाँच हजार र कर्मचारीबाट रु आठ हजार पाँच सङ्कलन गरी पौडेललाई हस्तान्तरण गरेको छ ।

करूणा फाउण्डेशन नेपालका कार्यक्रम व्यवस्थापक अजित योञ्जनले उहाँलाई मङ्गलवार नगद हस्तान्तरण गर्नुभयो ।

यही फागनु ३ गते पौडेलको घरमा आगलागी हुँदा करीब रु सात लाखको क्षति भएको थियो । पौडेल शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ ।