८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्न म्युनिखसँग लिभरपुल बराबरीमा रोकियो



अ+ अ-

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बायर्न म्युनिखसँग लिभरपुल गोलरहित बराबरीमा रोकिएको छ ।

मंगलबार राति लिभरपुलको घरेलु मैदानमा भएको खेलमा बराबरी खेलेका हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा तुलनात्मक रूपमा बलियो देखिएको लिभरपुलले राम्रा मौका गुमाएको थियो ।

साडियो माने ३४औं मिनेटमा पोस्ट नजिक चुकेका थिए । मोहमद सालाहले पनि अर्को उत्कृष्ट अवसर गुमाएका थिए । दोस्रो हाफमा केही शसक्त देखिएको बायर्नले घरेलु टोलीलाई दबाब दिएपनि गोल गर्न सकेन ।

खेलमा लिभरपुलले ४९ प्रतिशत बल नियन्त्रणमा लियो । बार्यनले ५१ प्रतिशत बल नियन्त्रणमा राखेको थियो । लिभरपुलले १५ वटा पोस्ट प्रहार गरेको थियो । बायर्नले ९ वटा पोस्ट प्रहार गरेको थियो ।

अब दुई टोलीबीचको दोस्रो लेग बायर्नको मैदानमा आगामी मार्च १३ तारिख हुनेछ ।