१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बौद्ध विश्वविद्यालयको १७औँ दिवसमा राष्ट्रपति सहभागी हुने

बौद्ध विश्वविद्यालयको १७औँ दिवसमा राष्ट्रपति सहभागी हुने
अ अ+ अ-

लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ । राष्ट्रपति भण्डारी लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । 

यस्तै राष्ट्रपति भण्डारीले कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएका प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

स्थापना दिवसका अवसरमा राष्ट्रपति भण्डारीले विश्वविद्यालयले आयोजना गरेको प्रथम त्रियान प्रज्ञा सम्मेलन तथा पुस्तकालय भवन उद्घाटन गर्नुहुने कार्यक्रम रहेको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिनुभयो । विश्वविद्यालयका सूचना अधिकृत चूडामणि पोखरेलका अनुसार तीन तले पुस्तकालय भवनमा  बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभाहल रहेका छन् । उक्त केन्द्रीय पुस्तकालय रु नौ करोड २० लाखको लागतमा विश्वविद्यालयले निर्माण गरेको हो । 

स्थापना दिवसको मूल समारोहमा राष्ट्रपतिले राष्ट्रपतिले विश्वविद्यालयले प्रकाशन गरेका छवटा पुस्तक अशोक वदान, इतिवुत्तक, बुद्धवंश, बुद्ध र ब्रह्म, सिद्धार्थ चरित्रम् पुस्तकको लोकार्पण गर्नुहुने रजिष्ट्रार आचार्यले जानकारी दिनुभयो । त्यस्तै बुद्ध मूर्तिको अनावरण र सम्मान कार्यक्रमसमेत राखिएको छ । त्रियान प्रज्ञा सम्मेलन कार्यक्रममा नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका यी तीन बाटोको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजान सकिन्न भन्ने विषयमा सम्मेलन गर्न लागिएको रजिष्ट्रार आचार्यले जानकारी दिनुभयो । 

उहाँले थेरवाद र महायान बौद्ध दर्शनका दुई पाटामध्ये नेपालमा महायानभित्र पनि बज्रयानको संस्कृतिलाई समृद्धिसँग कसरि जोड्न सकिन्छ भन्ने विषय विज्ञमार्फत सम्मेलनमा मन्थन हुने उहाँले बताउनुभयो । 

यसैगरी राष्ट्रपति भण्डारीले बिहीबारनै कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा दुई वटा प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारीले कैलाश आश्रममा सञ्चालन भइरहेको महायज्ञमा सरिक हुनुहुने र संक्षिप्त मन्तव्यको कार्यक्रमसमेत रहेको वडा नं २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

 उक्त क्षेत्रमा आश्रम १२ हेक्टर धार्मिक बनको क्षेत्रमा निर्माणाधीन रहेको र धार्मिक पर्यटकका हिसाबले विकास गरिने लक्षका साथ अघि बढाइएको उहाँले बताउनुभयो ।