१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा बिचल्लीमा परेका विद्यार्थीको उद्धार गर्न काँग्रेसको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अष्ट्रेलियाको एक शैक्षिक प्रतिष्ठानले अबैधरुपमा विद्यार्थी भर्ना लिएपछि नर्सिङ पढ्न गएका नेपाली विद्यार्थी बिचल्लीमा परेको समाचार आएपछि
काँग्रेसले विज्ञप्ती निकालेको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गर्दै अध्ययनका लागि अष्ट्रेलियामा पुगेका एकहजार भन्दाबढी विद्यार्थीहरु बिचल्लीमा परेको र तत्काल सरकारले उनिहरुको उद्धारमा चासो देखाउन माग गरेका हुन् ।

विज्ञप्तिमा कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई पनि तत्काल थप सूचना लिएर आवश्यक समन्वय गर्न निर्देशन दिइसकेको बताएका छन् ।