८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कायरो विस्फोटको लिबियाद्वारा निन्दा



अ+ अ-

त्रिपोली । इजिप्टको राजधानी कायरोमा सोमबार भएको बम विस्फोटको लिबियाका विदेशमन्त्रीले मङ्गलबार निन्दा गर्नु भएको छ ।

यस आक्रमणमा परी तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौँ व्यक्ति घाइते भएका जनाइएको छ । इजिप्टको अल दार्ब अल जिल्लामा भएको यस आतङ्ककारी आक्रमणको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ ।

मङ्गलबार अबेर राति लिबियाली विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको छ । लिबियाको विदेश मन्त्रालयले सो विज्ञप्तिमार्फत आतंककारी क्रियाकलापका विरुद्ध इजिप्ट सरकारसँग ऐक्यवद्धता जनाएको छ ।

सो विज्ञप्तिमा लिबिया सबै खाले आतंकवादी क्रियाकलापको विरोध गर्दछ भन्दै यस्ता हिंसात्मक कार्यमा संलग्नमाथि कारबाही हुनुपर्नेमा जोड दिएको छ ।