२७ जेष्ठ २०८३, बुधबार
,
Latest
करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषणमा सुशासनको नारा लगाउने अनि व्याप्त दण्डहीनतालाई प्रश्रय दिनु ओलीको दोहोरो चरित्र स्पष्ट छ : डा. केसी



अ+ अ-

काठमाडौँ । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाएका छन् । देशमा भ्रष्टाचार बढाउनेलाई पनि सरकारले केहि गर्न नसकेको बताएका हुन् ।

डा. केसीले बुधबार विज्ञप्ति जारी गर्दै उनले भने एकापट्टि दैनिक भाषणमा सुशासनको चर्को नारा लगाउने अनि अर्कापट्टि देशमा व्याप्त दण्डहीनताको विषयमा मौन बसी प्रश्रय दिनु प्रम ओलीको दोहोरो चरित्र स्पष्ट छ ।’

उनले उक्त विज्ञप्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनाराण पाठक, पूर्वप्रमुख लोकमान सिंह कार्की र पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीमाथि चिकित्सा क्षेत्रमा अनावश्यक चलखेल गरेकाले कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

पाठकले घुस लिएको थाहा पाएर पनि प्रधानमन्त्री केपी शर्मा ओली लामो समयसम्म मौन बस्नु गम्भीर भएको भन्दैभन्दै उनले भनेका छन्, यो विषय बाहिर आएपछि समेत कारवाही गर्नुको सट्टा राजीनामा दिन लगाएर उन्मुक्ति दिन खोज्नु दण्डहीनताको चरम नमुना हो ।’संचार माध्यममा यो कुरा आएर पनि प्रधानमन्त्री ओलीले कारवाही गर्नुको सट्टा राजीनातिक उन्मुक्ति दिन खोजेको उनले आरोप लगाएका हुन् ।

७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठकले अख्तियारको आयुक्त पदबाट राजीनामा दिसकेका छन् ।