२७ जेष्ठ २०८३, बुधबार
,
Latest
करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो : प्रा.डा. ढुंगेल



अ+ अ-

काठमाडौं । संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले सरकार सफल वा असफल भन्नुभन्दापनि व्यवस्था नै असफल भएको दाबी गरे । सरकारले आशलाग्दा काम गर्नुको साट्टामा जनतालाई निराशा प्रदान गर्ने काम गरेको उनले आरोप लगाए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ढुंगेलले भने ,‘धर्मनिरपेक्षता र संघीयता लागु गर्दा जनताको मत लिइएन् । अहिले लोकतन्त्र र संघीयता दुवै फंक्शनिङ छैन् ।’ सरकारले विभिन्न निकायमा नियुक्ती गर्दा ज्ञाताहरुलाई नियुक्त नगरेको पनि उनले गुनासो पोखे ।

उनले २१ अर्बका ९ सय ६ वटा ठेक्कापट्टामा ६ सय २३ परियोजनाहरु अहिले लथालिंक अवस्थामा रहेको पनि सुनाए । उनले भने,‘यसरी कसरी समृद्धि हुन्छ रु’ अब देश कता जान्छ त रु भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘अहिले त सिस्टम नै फेल भैसक्यो । गणतन्त्र फेल भैसक्यो । संघीयता फेल भैसक्यो । लोकतन्त्रले फंक्शनिङ गरिरहेको छैन् ।’

मुलुकमा यस्तो अवस्था सिर्जना भएकोले अन्र्राष्ट्रिय गतिविधि बढ्न थालेको पनि उनले आरोप लगाए । उनले भने,‘राजा आउने वा नआउने भन्ने कुरा भन्न सकिँदैन । तर, म एउटा कुरा भन्न सक्छु की राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो । कुनै विचार नपुरयाई फालिएको हो । संघीयता ल्याउँदा पनि कुनै होमवर्क भएको थिएन् ।