८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगान राष्ट्रपति र अमेरिकी सेनाका कमाण्डर भेट, शान्ति वार्ताबारे छलफल



अ+ अ-

काबुल । अफगान राष्ट्रपति असरफ घानीसँग बुधबार अमेरिकी सेनाको केन्द्रीय कमाण्डका उच्च पदाधिकारीले भेटवार्ता गरेका छन् । अमेरिकी सेनाका कमाण्डर जर्नेल जोसेफ भोटेलले भेटवार्ता गर्नुभएको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो भेटका क्रममा हालैका दिनमा अफगानिस्तानको शान्ति प्रक्रियाका विषयमा भइरहेका प्रगतिका बारेमा छलफल भएको थियो ।

उक्त कार्यालयले दिएको जानकारी अनुसार भेटका क्रममा अफगानिस्तान र अमेरिकाबीचको सम्बन्ध, शान्ति प्रक्रिया र त्यसका कारण उत्पन्न परिस्थितिका साथै अमेरिकी सेनाले अफगान सेनालाई गर्ने सुरक्षा सहयोगका बारेमा पनि कुराकानी भएको थियो ।

त्यस अवसरमा अमेरिकी सेनाले अफगान सेनालाई उपलब्ध गराउँदै आएको र गराउने सैन्य सहायताका बारेमा कुराकानी भएको थियो । त्यसैगरी सैनिक सबलीकरणका बारेमा त्यस विषयमा कुराकानी भएको बताइएको छ ।

पछिल्लो समयमा अफगान शान्ति प्रक्रियाको बारेमा तयारी भइरहेको बताइएको छ । उक्त बैठकमा पनि अपगान राष्ट्रतिले कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा हालसम्म अफगानिस्तानमा सशस्त्र द्वन्द्वरत तालिबान समूहसँग शान्ति वार्ताका लागि भइरहेका पहल कदमीको बारेमा कुराकानी भएको बताइएको छ ।

उक्त शान्ति प्रक्रियालाई अमेरिकाले सघाएको छ । शान्ति प्रक्रियाका लागि अमेरिकाले गरेको प्रयासस्वरुप अफगान सरकार र तालिबान नेतृत्वबीच पनि एक पटक कुराकानी भएको थियो ।

तर त्यस विषयमा खास प्रगतिको बारेमा भने कुनै जानकारी आएको छैन ।