१५ भाद्र २०८३, सोमबार
,
Latest
हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगान राष्ट्रपति र अमेरिकी सेनाका कमाण्डर भेट, शान्ति वार्ताबारे छलफल



अ+ अ-

काबुल । अफगान राष्ट्रपति असरफ घानीसँग बुधबार अमेरिकी सेनाको केन्द्रीय कमाण्डका उच्च पदाधिकारीले भेटवार्ता गरेका छन् । अमेरिकी सेनाका कमाण्डर जर्नेल जोसेफ भोटेलले भेटवार्ता गर्नुभएको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो भेटका क्रममा हालैका दिनमा अफगानिस्तानको शान्ति प्रक्रियाका विषयमा भइरहेका प्रगतिका बारेमा छलफल भएको थियो ।

उक्त कार्यालयले दिएको जानकारी अनुसार भेटका क्रममा अफगानिस्तान र अमेरिकाबीचको सम्बन्ध, शान्ति प्रक्रिया र त्यसका कारण उत्पन्न परिस्थितिका साथै अमेरिकी सेनाले अफगान सेनालाई गर्ने सुरक्षा सहयोगका बारेमा पनि कुराकानी भएको थियो ।

त्यस अवसरमा अमेरिकी सेनाले अफगान सेनालाई उपलब्ध गराउँदै आएको र गराउने सैन्य सहायताका बारेमा कुराकानी भएको थियो । त्यसैगरी सैनिक सबलीकरणका बारेमा त्यस विषयमा कुराकानी भएको बताइएको छ ।

पछिल्लो समयमा अफगान शान्ति प्रक्रियाको बारेमा तयारी भइरहेको बताइएको छ । उक्त बैठकमा पनि अपगान राष्ट्रतिले कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा हालसम्म अफगानिस्तानमा सशस्त्र द्वन्द्वरत तालिबान समूहसँग शान्ति वार्ताका लागि भइरहेका पहल कदमीको बारेमा कुराकानी भएको बताइएको छ ।

उक्त शान्ति प्रक्रियालाई अमेरिकाले सघाएको छ । शान्ति प्रक्रियाका लागि अमेरिकाले गरेको प्रयासस्वरुप अफगान सरकार र तालिबान नेतृत्वबीच पनि एक पटक कुराकानी भएको थियो ।

तर त्यस विषयमा खास प्रगतिको बारेमा भने कुनै जानकारी आएको छैन ।