८ पुष २०८२, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लुट कान्छा लुट’गीत प्रकरण : भावनामा बगेर लेखे, जनताले मन नपराएपछि हटाए- प्रम ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत जनताले मन नपराएको कारण हटाउन लगाएको बताएका छन् । प्रम ओलीले भुलचुक रुपमा गित बनाएर जनताले मन नपराएको कारण युट्युबटबाट हटाएको बताए ।

बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै उनले भने जनताले नै मन नपराएको हो यसमा हाम्रो केहि हस्तक्षेप छैन् । ‘भावनामा बगेर एउटा गीत लेखे, युट्युबमा पनि हाले तर, सबैले राम्रो गरेनौं भाइ भनेपछि हटायो त सिध्यियो नि कुरा’,प्रम ओलीले भने , ‘एउटाले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’

शर्माले प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेको १ बर्ष पुगेकै आसपासमा ‘लुट कान्छा लुट’ बोलेको गीत फागुन ३ गते सार्वजनिक भएको थियो ।

गीतमा प्रधानमन्त्री केपि शर्मा ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको थियो । ठूला–ठूला भाषण गर्ने काम भने सिन्को समेत नभाच्ने, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने खोजेको थियो ।

गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यो गीतका विषयमा समेत छलफल गरेर गीतलाई रोक्ने निर्णय गरेको थियो। सत्तारुढ नेकपा सम्बद्ध युवा संघले पनि गीत नसच्याए बहिस्कार गर्ने धम्की दिएको थियो । लगतै शर्माले युट्युब च्यानलबाट आफ्नो गीत हटाएका छन् ।