२७ जेष्ठ २०८३, बुधबार
,
Latest
करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट सरकार अधिनायकवादी भएको प्रमाणित भयो- डा.महत



अ+ अ-


नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले संसारमा असफल भएका कम्युनिष्टहरु नेपालमा काँग्रेसका कारणले सत्तामा पुगेका बताएका छन् ।
आज वीरगन्जमा आयोजित काँग्रेसको एक सभालाई सम्बोधन गर्दै उनले भने, निर्वाचन पद्दति रहेका संसारका कुनैपनि देशमा कम्युनिष्टले चुनाव जितेर सत्तामा पुगेका छैनन् तर नेपालमा भने काँग्रेसभित्रकै घात र असहयोगका कारण कम्युनिष्टले अवसर पाएका हुन् ।
निर्वाचनको बेलामा काँग्रेसले एक अर्कालाई असहयोग गर्ने परिपाटी देखियो, मधेशमा मधेशवादी दल मिले भने पहाडका कम्युनिष्टहरु हाम्रा विरुद्धमा सबै एक भए र सबै मिलेर काँग्रेसलाई सत्तामा जाने बाटो रोके, त्यति गर्दा पनि काँग्रेस मत प्रतिशतका हिसाबमा एक नम्बर पार्टी नै छ, त्यसैले काँग्रेस हारेको छैन, उनले भने ।


सहमहामन्त्री डा.महतले यसरी एकातिर काँग्रेसमा आन्तरिक रुपमा समस्या देखिएर मात्र होइन कि बीस वर्षसम्म हुन नसकेको स्थानीय निकायको निर्वाचन गरेर, काँग्रेसकै नेतृत्वको सरकारले संविधान सभाको निर्वाचन गरी संविधान निर्माण गरी लागू गरेर तथा संसदको निर्वाचनमार्फत मुलुकलाई संघीय गणतन्त्रमा प्रवेश गराएर काँग्रेसले नै कम्युनिष्टहरुलाई सत्तामा पुर्याएको उनको भनाई थियो ।
उनले भने–हिजो काँग्रेसले देश र प्रजातन्त्रका लागि त्यो संघर्ष नगरेको भए आज नेपालका कम्युनिष्टहरुले निर्वाचनका समयमा केवल भोट तान्नका लागि मात्र भ्रामक प्रचार गरेर कसरी सत्तामा जान सक्ने थिए ?
डा.महतले वर्तमान सरकार संस्थागत भ्रष्टचारमा ओर्लिएको अरोप लगाए । उनले भने–दिनदिनै देशमा भ्रष्टाचार भएका समाचार मात्र आउने गरेका छन्, दिनदिनैका अखबारका पानाहरु भ्रष्टाचारका समाचारले मात्र भरिएका छन्, तर यो सरकारलाई लाजघिन छैन, प्रेस र नागरिकको कुरा सुन्दैन बरु भ्रष्टाचारलाई झनै संस्थागत गर्दैछ ।


यो सरकार अधिनायकवादी हो भन्ने कुरा देशको वास्तविक परिस्थिति चित्रण गरेर एकजना कलाकारले गाएको एउटा गीत समेत सुन्न नसकेर आफ्ना कार्यकर्ता लगाएर धाकधम्की दिएर हटाउन लगाएबाटै प्रमाणित हुन्छ– उनले भने ।
उनले नेपाली काँग्रेसका कार्यकर्ताले अब हिजोका आफ्नो गल्तीका कारण देशमा कम्युनिष्ट सर्वसत्तावाद आएको कुरालाई मनन् गरी यसबाट पाठ सिक्नुपर्ने बताए ।
कम्युनिष्ट सर्वसत्तावादको वास्तविक रुप नेपाली जनताले छर्लङ्ग देखिसकेकोले अबको निर्वाचनमा नेपाली काँग्रेसलाई यो देशको सबैभन्दा ठूलो पार्टी बन्नबाट कसैले छेक्न नसक्ने धारणा राखे ।
उनले भने– काँग्रेस यो देशको प्रजातान्त्रिक पार्टी हो, त्यसैले हाम्रो विचार अरुको भन्दा बढी बिक्छ, हामीले देशको प्रजातान्त्रिक इतिहासमा कुर्बानी गरेका छौँ, सत्तामा छँदा पनि कम्युनिष्टले भन्दा राम्रो काम गरेका छौँ, हामी सत्तामा रहँदा अहिलेको जस्तो देशमा त्रास र अधिनायकवादको शासन कहिल्यै रोजेनौँ त्यसैले पनि हामी नेपाली जनताको मनमै छौं र अर्काे निर्वाचनमा हामी नै पहिलो पार्टी बन्नेछौँ ।