८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : एट्लेटिको मड्रिडद्धारा युभेन्टस पराजित, रोनाल्डो यो पटक चल्न सकेनन्



अ+ अ-

काठमाडौँ । स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलको पहिलो लेगमा जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा घरेलु टोल एट्लेटिको मड्रिडले इटालियन क्लब युभेन्टसलाई २–० गोलअन्तरले पराजित गरेको हो । एट्लेटिको मड्रिडको जितमा जोसे मारिया गिमिनेज र डिएगो गोडिनले गोल गरे ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा भने लय समात्न सकेन । दोस्रो हाफमा दुई गोल खादै एट्लेटिको मड्रिडसँग पराजित भएको हो ।

७८औं मिनेटमा गिमिनेजले गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । त्यस्तै ८३औं मिनेटमा गोडिनले गोल गर्दै एट्लेटिको मड्रिडलाई २–० गोलको अग्रतामा पुर्याए ।

खेलअवधिभर बल नियन्त्रणमा राखेपनि युभेन्टसले गोल गर्न भने सकेन । क्रिष्टियानो रोनाल्डो पनि यो पटक भने चल्न सकेनन् ।